Play

पोखरा महानगर स्तरिय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगितामा साँग्रिलाको विजयी सुरुवात

गुरुकुल खबर


पोखरा, पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा पोखरामा  महानगर स्तरिय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । पोखरा महानगर क्रिकेट संघको व्यवस्थापनमा शुरु प्रतियोगिताको पहिलो दिन साँग्रिला क्रिकेट क्लवले लेकसाइड क्रिकेट क्वलमाथि १ सय ६१ रनको फराकिलो जित निकाल्यो ।

सिब्रिन श्रेष्ठको धुवाँदार व्याटिङमा साँग्रिलाले २० ओभरमा ३ विकेट गुमाएर २ सय २० रनको योगफल तयार पारेका थियो । शतकिय पारी खेलेका सिब्रिनले ५० बलमा १ सय ३ रन बनाए । बिपिन खत्रीले ११ बलमा ३० तथा रिकेश गुप्ताले २३ रन जोडे । लेकसाइडका बलरहरु नविन विश्वकर्मा, आविद आलम र रवि गुरुङ्गले १/१ विकेट लिए ।

जितका लागि २ सय २१ रनको विशाल लक्ष्य पछ्याएको लेकसाइडले १६ ओभरमा सम्पूर्ण विकेट गुमाएर ५९ रन मात्रै बनाउन सक्यो । लेकसाइडका सन्देश ठकुरीले १८ तथा सन्दिप तिमिल्सीना र आविद आलमले ८/८ रन जोडे । साँग्रिलाका विपिन खत्रीले ३ तथा सुदिप पौडेल र सिब्रिन श्रेष्ठले २/२ विकेट लिए । खेलमा चौतर्फि प्रदर्शन गरेका साँग्रिलाका सिब्रिन श्रेष्ठ म्यान अफ द म्याच भए । उनले रत्नश्री जिम, इन्द्रमार्गको तर्फबाट एक महिनाको निःशुल्क कुपन प्राप्त गरे । प्रादेशिक क्रिकेट संघ गण्डकीका सदस्य ऋषिराम गौतमले उनलाई पुरस्कार प्रदान गरेका थिए ।

यसअघि शनिबारनै हुने भनिएको आरके भिक्टोरियन र आदर्श युवा क्लव लेखनाथ विचको पहिलो खेल वर्षातका कारण ‘रिजर्ब डे’का लागि सारिएको प्रतियोगिता संयोजक जिम्मी गुरुङ्गले जानकारी दिए ।

राइजिङ क्रिकेट क्लव, साँग्रिला क्रिकेट क्लव, पोखरा क्रिकेट क्लव, अरण्यज्योती क्रिकेट क्लव, कास्की क्रिकेट क्लव, आर के भिक्टोरी क्रिकेट क्लव, आदर्श युवा क्लव र लेकसाइड क्रिकेट क्लव गरि ८ टिमको सहभागितामा शुरु प्रतियोगिको आयोजक समितिका अध्यक्ष दीपक बहादुर गोदारले अम्पायर अर्जुन उपाध्यायलाई बल हस्तान्तरण गरि उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा पोखरा महानगर क्रिकेट संघका अध्यक्ष विरेन्द्र पुन, उपाध्यक्ष गोविन्द प्रधान लगायतले बोलेका थिए ।

२२ आश्विन २०८०, सोमबार १३:२० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा