Play

सुन तस्करी छानविन उच्चस्तरीय आयोगले काम थाल्यो

गुरुकुल खबर


पोखरा, सरकारले गठन गरेको सुन तस्करी छानविन सम्वन्धि आयोगले आफ्नो काम थालेको छ । सुन तस्करी प्रकरण छानबिनका लागि सरकारद्वारा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरिएको थियो ।

तस्करी छानविनका लागि कार्यालय समेत स्थापना गरिएको छ । गृहमन्त्रालयको पुरानो भवन परिसरमा कार्यालय राखेर काम सुरू गरिएको हो । बुधबार बसेको आयोगको बैठकले केही निर्णयसहित औपचारिकरूपमा काम सुरू गरिएको अध्यक्ष डिल्लीराज आचार्यले बताए ।

छानविन आयोगद्वारा आयोजित पत्रकार सम्मेलनमा इलेक्ट्रोनिक सिगरेट (भेप्स) र साउन २ गते ब्रेक सुबाट गरिएको सुतनतस्करीलगायतका अन्य तस्करीजन्य विषयमा तथ्यगत जानकारी र सुझावका लागि सञ्चारमाध्यमबाट सूचना प्रकाशन गर्ने विषय सो अवसरमा स्पष्ट पारियो ।

सुन तस्करीको पूर्ण नियन्त्रण गर्न मौजुदा कानूनमा गर्नुपर्ने परिमार्जन र संरचनात्मक सुधार, यसअघिका तस्करीको छानबिन तथा अध्ययन र निष्कर्ष तथा प्रभाव, तस्करीमा संलग्न व्यक्तिहरूको संलग्नता र थप अनुसन्धानलगायतमा विषयमा पनि अध्ययन गर्ने विषय पनि पत्रकार सम्मेलनमा अवगत गराइयो ।

१८ आश्विन २०८०, बिहीबार १४:१८ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा