Play

कलाकार राष्ट्रका गौरव : उपप्रधानमन्त्री खड्का

गुरुकुल खबर


काठमाडौ, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कलाकारहरु राष्ट्रको गौरव भएको बताएका छन् । काठमाडौँको नयाँ बानेश्वरमा रातो टीकी बोलको गीत हालै सार्वजनिक गर्दै उपप्रधानमन्त्री खड्काले कलाकारितामार्फत कालाकारले देश मान प्रष्तिष्ठा बढाउने काम गरेकाले कलाकार देशका लागि गौरव भएको बताए ।

कलाकारको गीत संगीत र कालकारितामार्फत सामाजिक चेतना फैलाउन ठूलो योगदान रहेको भन्दै उपप्रधानमन्त्री खड्काले कालाकारको कालकारिताले देशमा समाजिक न्यायको क्षेत्रमा समेत ठूलो परिवर्तनमा योगदान भइरहेको स्मरण गराए ।

कतिपय खराब परम्परा बदल्न गीत संगीत र कालाकारिताको नेपाली समाजमा ठूलो योगदान रहेको उपप्रधानमन्त्री खड्काको भनाइ छ । रक्षामन्त्री समेत रहेका उपप्रधानमन्त्री खड्काले महिलको हक अधिकारको पक्षमा बोल्ने र समाजिक कुरीति तोड्न समेत कलाकारिताको ठूलो योगदान भएको सुनाए ।

समाजमा परिवर्तन गर्नका लागि गीत संगीत र कलाकारको ठूलो योदगान हुने भन्दै उपप्रधानमन्त्री खड्काले सबैखाले कुरीति हटाउन र समाज रुपान्तरण र पारिवर्तनका लागि गीत संगीत र कलाकारिताले ठूलो अस्त्रको रुपमा काम गर्ने विश्वास व्यक्त गरे ।

१७ आश्विन २०८०, बुधबार १२:१७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा