Play

कास्कीकोटमा  प्रथम सेभेन ए साइड कश्यप कालिका कप हुने

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडा नं  २४ कास्कीकोटमा प्रथम सेभेन ए साइड कश्यप कालिका कप २०८० हुने भएको छ । कश्यप कालिका युवा क्लबको आयोजनामा आगामी कार्तिक १ र २ गते हुने उक्त प्रतियोगीतामा पोखरा महानगरपालिका वडा नं. २४, १८ र २३ का खेलाडीहरुमात्र सहभागी हुन पाउने क्लबले जनाएको छ ।

संस्थाका अध्यक्ष तिर्थ अधिकारीले सेभेन  ए साइड फुटबल र खुल्ला दौड प्रतियोगीताबाहेक मुख्य आकर्षणको रुपमा प्रथम कश्यप कालिका भेन्ट्रान्स कप रहेको जानकारी दिए ।

फुटबल तर्फका विजेताले ५५ हजार ५ सय ५५ को साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने कार्यक्रम संयोजक अंकीत कार्कीले  बताए । प्रतियोगीतामा दित्तीय हुनेले ३३ हजार ३ सय ३३ रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने संयोजक कार्कीले बताए । फुटबलतर्फ असोज ३० गते साँझ ५ बजेसम्म  टिम दर्ता गरिसक्नुपर्ने र टिम दर्ता शुल्क ६ हजार लाग्ने आयोजकले जनाएको छ ।

दौडतर्फ प्रथम हुने खेलाडीले नगद  ३ हजारको साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्ने कश्यप कालिका युवा क्लवका सचिव धन बहादुर अधिकारीले जानकारी दिए । दौडतर्फ दित्तीय र तृतीय हुने खेलाडीले क्रमशः  मेडल र प्रमाण पत्रको साथमा २ हजार र एक हजार प्राप्त गर्ने छन् । दौडमा भाग लिन भने खेलाडीले कुनैपनि शुल्क तिर्नु नपर्ने सचिव अधिकारीले जानकारी दिए ।

१७ आश्विन २०८०, बुधबार १२:०२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा