Play

दशैं र तिहारको मूखमा खाना पकाउने ग्याँसमा भारि मूल्य वृद्धि, डिजल र पेट्रोलको पनि मूल्य बढ्यो

गुरुकुल खबर


पोखरा, नेपाल आयल निगमले इन्धनको मूल्यमा भारि वृद्धि गरेको छ । शनिबार मध्यरातिबाट लागू हुनेगरी पेट्रोल प्रतिलिटर २ रुपैयाँले महँगिएको छ भने डिजेल तथा मट्टितेलमा ६ रुपैयाँका दरले मूल्यवृद्धि भएको छ। अब पेट्रोलको मूल्य पहिलो वर्ग १८२ रुपैयाँ ५ पैसा, दोस्रो वर्गमा १८४ रुपैयाँ र तेस्रो वर्ग १ सय ८५ प्रतिलिटर पुगेको छ।

खाना पकाउने ग्यासको मूल्यमा भारी वृद्धि गरिएको छ । यसअघि १ हजार ८ सय ९५ मा खुद्रा बिक्री हुँदै आएको एलपी ग्यासको मूल्य बढाएर २ हजार १ सय १० रुपैयाँ पु-याइएको छ। उपभोक्ताले डिपोदेखि भान्सासम्म ल्याएको ज्यालासमेत तिर्दा यो मूल्य दुई हजार दुई सय रुपैयाँ नाघ्ने छ ।

ग्यासको मूल्यमा भएको यो वृद्धि ११ प्रतिशतभन्दा बढी हो। जुनकुनै इन्धनमा मूल्यवृद्धि हुँदा त्यसको असर चौतर्फी पर्छ। खाना पकाउने ग्यासमा भएको यो वृद्धि ११ प्रतिशतभन्दा बढी हो। गत साउनयता मात्र खाना पकाउने ग्यास ४ सय ५० रुपैयाँले महँगिएको छ। यो वृद्धि २७ प्रतिशतभन्दा बढी हो।

यसअघि भदौ १४ गते मात्र २ सय ३५ रुपैयाँले ग्यासमा मूल्य बढाइएको थियो । त्यतिन्जेल १ हजार ६ सय ६० रुपैयाँ प्रतिसिलिन्डर खुद्रा बिक्री हुँदै आएको थियो। ग्यासमा भएको मूल्यवृद्धिले उपभोक्तामा चर्को असन्तोष देखिएको छ। सामाजिक सञ्जालहरुमा मूल्य वृद्धिको विरोध भएको छ । मूल्य वृद्धिको विरोधमा रास्वपाले प्रधानमन्त्रीले आज बोलाएको सर्वदलीय बैठक बहिस्कारको घोषणा गरेको छ।

१४ आश्विन २०८०, आईतवार ११:२७ मा प्रकाशित
Nabintech