Play

पोखरामा ४४ औं विश्व पर्यटन दिवस मनाइदै, साँझ लेकसाइडमा मिनी सडक महोत्सव

गुरुकुल खबर


पोखरा, पर्यकीय पोखरामा पनि विविध कार्यक्रमको आयोजना गरी बुधबार ४४ औं विश्व पर्यटन दिवस मनाइँदै छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो उडानबाट अवतरित हुने यात्रुहरुलाई पोखरा पर्यटन परिषद्को अगुवाईमा स्वागत गरिएको थियो । राष्ट्र बैंक चोकस्थित पर्यटन वसपार्कमा बसमार्फत् आउने पर्यटकलाई पनि आजै स्वागत गर्ने कार्यक्रम रहेको छ ।

अपरान्ह भारतीय राजदूतलाई नयाँ विमानस्थलमा स्वागत गरी लेकसाइडमा व्यवसायीविच अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । यो कार्यक्रममा राजदूत र गण्डकी प्रदेशका मुख्यमन्त्री पनि सहभागी हुने छन् । तत्पश्चात् अपरान्ह पाँच बजे रेवान पोखराले आयोजना गर्ने मिनी सडक महोत्सवको उनले बाराही चोकमा उद्घाटन हुने छ। विश्व पर्यटन दिवसका अवसरमा होटल संघ पोखरा नेपालले आफ्नो मेन्यू दररेटमा पन्ध्र प्रतिशत छुटको पनि घोषणा गरेको छ ।

‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ नेपालमा विश्व पर्यटन दिवस मनाउन लागिएको पर्यटन मन्त्रालयले जनाएको छ। दिवस भव्यरूपमा मनाउन पर्यटनमन्त्री सुदन किरातीको संयोजकत्वमा ४४औँ विश्व पर्यटन दिवस मूल समारोह समिति गठन गरिएको थियो । संयुक्त राष्ट्र संघको आव्हानमा सन् १९८० देखि विश्व पर्यटन दिवस मनाउन थालिएको हो ।

१० आश्विन २०८०, बुधबार १२:५२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा