Play

मणिपाल अस्पतालमा उपचारको क्रममा विरामीको मृत्यु भएपछि तनाव, उपचार सेवा प्रभावित

गुरुकुल खबर


पोखरा, पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा विरामीको मृत्यु भएपछि चिकित्सकमाथि हातपात भएको छ ।

लमजुङकी ५७ वर्षीया सुकमाया दुरालाई उपचारका लागि अस्पताल ल्याइएकोमा उनको उपचारको क्रममा मृत्यु भएको विषयलाई लिएर मृतकका आफन्तबाट चिकित्सकमाथि आक्रमण भएको जनाइएको छ ।

दुरा अस्पताल आउँदा सामान्य अवस्थामा रहेको र उपचारको क्रममा चिकित्सकले बिरामीको अवस्थाका वारेमा जानकारी नदिइ अकस्मात मृत्यु भएको बताएपछि आफन्त आक्रोसित भएका थिए ।
यो क्रममा अस्पतालमा सिसा फुटेको र स्थिति तनावग्रस्त भएपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

घटनाका कारण पोखराका अस्पतालहरुमा बिहानैदेखि ओपिडी सेवा प्रभावित बनेको छ । पूर्वान्हदेखि सबैमा ईमर्जेन्सी बाहेकका स्वास्थ्य सेवा ठप्प बन्यो । नेपाल चिकित्सक संघले माग पूरा नभई गण्डकी प्रदेशभर सेवा दिन नसकिने भनी विज्ञप्ती जारी गरेको छ ।

एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन), गण्डकीले पनि चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोडको घटनामा बिरोध जनाउँदै विज्ञप्ती जारी गर्ने तयारीमा रहेको सूचना प्राप्त भएको छ ।
नेपाल चिकित्सक संघ, गण्डकीका कार्यवाहक अध्यक्ष डा. सुनिल पनेरु र सचिव डा. सुशिल तिमल्सिनाले विज्ञप्ती जारी गर्दै ३ बुँदे माग पूरा नहुन्जेल ईमर्जेन्सी बाहेकका सबै सेवा बन्द गर्न बाध्य भएको बताएका छन् ।

९ आश्विन २०८०, मंगलवार १४:३७ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा