Play

माग पूरा गराउन सडकमै सुते राहत शिक्षक

गुरुकुल खबर


पोखरा, आफ्ना माग पूरा गराउन राहत शिक्षक काठमाडौंको सडकमा सुतेका छन् । सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिप्रति असहमति राख्दै उनीहरुले आफ्नो विरोधलाई निरन्तरता दिएका हुन् ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा यो आन्दोलन भइरहेको छ । सोमबार पनि शिक्षकहरुले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म र्याली प्रदर्शन गरेका थिए । बानेश्वरमा पुगेर उनीहरुले सडकमा सुतेरै सरकारको विरोध गरे र आफ्ना माग छिटो पूरा गर्न चेतावनी दिए ।

सरकार र शिक्षक महासंघबीच सहमति भए पनि त्यसले आफूहरुको माग सम्बोधन नगरेको राहत शिक्षकहरुको भनाई रहेको छ । राहत शिक्षकहरुले शिक्षक महासंघले धोका दिएको भन्दै आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने उनीहरुले बताएका छन् ।

उनीहरुले ४० हजार राहत शिक्षक, बाल विकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरु आफूहरुसँग आन्दोलनमा रहेको जनाएका छन् ।

Pictures: Saroj Baiju/Nepalkhabar

८ आश्विन २०८०, सोमबार १४:४२ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा