Play

अमेरिकाको जर्जिया स्थित एट्लान्टामा हुने श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ तथा आध्यात्मिक महोत्सवको तयारी तीव्र

गुरुकुल खबर


पोखरा, अमेरीकाको जर्जिया राज्यको एट्लान्टामा हुने श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ तथा एट्लान्टा आध्यात्मिक महोत्सव २०२३ को तयारी तीव्र रुपमा अगाडि बढाइएको छ ।

नेपाली सांस्कृतिक केन्द्रको आयोजना तथा एन.ए.जी, एन.आर.एन.ए जर्जिया, आइ.एन.एल.एस जर्जिया शाखा तथा डब्लुएच्एफको सहकार्यमा यो महोत्सव हुन लागेको हो । महायज्ञमा वाचन प्रवीण पंडित दीनबन्धु पोख्रेलले कथा वाचन गर्नेछन । उनीसँग आयोजकले कार्यक्रमलाई सफल पार्न विभिन्न चरणमा छलफल समेत गरिसकेका छन् ।

नोभेम्बर ५ देखि ११ तरिकसम्म सञ्चालन हुने महोत्सव जर्जियामा नेपाली सामुदायिक केन्द्र निर्माण गर्ने उद्धेश्यले आयोजना गर्न लागिएको केन्द्रका महासचिव एवं समाजसेवी सिके पराजुलीले जानकारी दिए । महोत्सवमा सामुहिक बर्तबन्ध, गुन्यूचोली, बेलविवाह, चौराशी पुजा लगायतका कार्यक्रम पनि समेटिने छन् । कार्यक्रम ग्लोबल मल दोस्रो तला ५६७५ जिमिकार्टर बिल्डिङ सुईट नं ६९० नरक्रस सहरमा हुने भनिएको छ ।

केन्द्रका वरिष्ठ उपाध्यक्ष राजु थापाले मूल समारोह समितिमा बसेर समाजसेवीहरु डा. प्रल्हाद पन्त, सिएन घिमिरे र सीएन पराजुली उक्त महोत्सवलाई सफल पार्न लागिपरिरहेको बताए । त्यस्तैगरी समाजसेवीहरु राजु थापा, दामु डङ्गोल, जनक बराल, अनुप श्रीवास्तव, बिनोद थापा, अल्विन गोर्खाली, बिमल रेग्मी, मोहन तिमील्सिना, प्रेम बानिया, कपिल वाग्ले, मिरा कोइराला, भविन्द्र बस्नेत, राम डङगोल, रोहन घिमिरे अम्बिका लोहनी, बिनु गुरुङ जय नारायण शाहा, बाबुराम शर्मा, केशव शर्मा, कृष्ण पराजुली, राम पराजुली लगायतका व्यक्तित्वहरुको पनि निरन्तर मेहनत रही आएको छ  ।

विदेशी भुमीमा रहेर पनि नेपाली सँस्कृति र धर्मको रक्षा तथा संस्कार जगेर्ना गर्न लागि परेको भन्दै कार्यक्रमको चौतर्फी प्रशंसा समेत भएको छ । पछिल्लो समयमा नेपालमा पश्चिमा संस्कृतिको वर्चश्व रहँदै गएको र त्यसको सिको गर्न थालिएको परिप्रक्ष्येमा पश्चिमा देशमै रहेर नेपालको धर्मसस्कृतिको प्रर्वद्धन, संरक्षण र रक्षा गर्न लागि पर्नु निकै गौरवको विषय भएको चर्चा गरिएको छ ।

श्रीमद्भागवत महापुराण सप्ताह समय तालिका

नोभेम्बर ५, विहान १० देखि बेलुका ८ बजेसम्म
नोभेम्बर ६, दिउँसो ३ देखि बेलुका ८ बजेसम्म
नोभेम्बर ७, दिउँसो ३ देखि बेलुका ८ बजेसम्म
नोभेम्बर ८, दिउँसो ३ देखि बेलुका ८ बजेसम्म
नोभेम्बर ९, दिउँसो ३ देखि बेलुका ८ बजेसम्म
नोभेम्बर१०, दिउँसो १ देखि बेलुका ८ बजेसम्म
नोभेम्बर११, बिहान ११ देखी समापन सम्म

२ आश्विन २०८०, मंगलवार १४:१८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा