Play

सुनका गरगहना चोरी गरेको आरोपमा दुई जना पक्राउ

कूल सुन १६ तोला भएको प्रहरीको भनाई


गुरुकुल खबर


पोखरा, कास्की प्रहरीले गहना चोरी गरेको र चोरीको गहना लुकाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका वडा नं.१२ स्थित पशु सेवा तालिम केन्द्रको कार्यालय परिसरको आवास कोठाबाट सुनका बिभिन्न गरगहना अन्दाजी १६ तोला बराबरका सुनका गरहगनाहरु चोरी भएको भन्ने उजुरीका विषयमा छानविन गर्दा उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा पर्सागढी नगरपालिका वडा नं. २ घर भई हाल जिल्ला कास्की पोखरा म.न.पा.वडा नं. १२ बस्ने बर्ष २२ की शिवदेवी चौधरी (पीडितको घरमा काम गर्ने व्यक्ति) लाई प्रारम्भिक सोधपुछ गर्दा उनले उक्त सुनका गरगहनाहरु चोरी गरी जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.१० बुद्दचोकमा रहेको मोवाईल पसलमा लुकाउन दिएको प्रहरीको भनाई छ ।

उक्त पसल खानतलासी गर्दा चोरी भएका १६ तोला बराबरका बिभिन्न सुनका गरगहनाहरु बरामद भएको र मोवाई पसलका संचालक सहित दुबै जनालाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा छ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जनाइएको छ ।

२७ भाद्र २०८०, बुधबार १२:०९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा