Play

विपी जयन्तीमा नेपाली लेखक संघ कास्कीको विचार गोष्ठी

गुरुकुल खबर


पोखरा। नेपाली लेखक सङ्घ कास्कीले ११० औँ विपी जयन्तीका अवसर पारी पोखरामा ‘प्रदीप गिरी: अध्यात्मदेखि मार्क्सवादसम्म’ कार्यक्रमको आयोजना गर्यो ।

कार्यक्रममा बोल्दै मुख्य वक्ता सामाजिक चिन्तक तथा विश्लेषक विश्व सिग्देलले गिरीलाई गृहस्थ सन्यासीका रूपमा चित्रण गरे।
फकिर चरित्रको अराजक व्यक्ति हुँदाहुँदै पनि उनको असाधारण बौद्धिकता काङ्ग्रेसलाई आवश्यक भएकाले मात्र उनी काङ्ग्रेसमा अटाइरहन सम्भव भएको उनले बताए। वक्ता सिग्देलले भने ‘व्यक्तित्व, चरित्र, विचार र आचरणले पनि गिरी एक फकिर हुन्’ ।

नेता गिरी मार्क्सवादको असली अर्थ बुझ्नका लागि विश्वासिलो स्रोत व्यक्तिका रूपमा स्थापित रहेको बताउदै मुख्य वक्ता सिग्देलले भने ‘अध्ययनमा निकै गहिराइसम्म पुग्ने कुरामा गिरी पछि अर्को व्यक्ति आजसम्म भेट्न सकेको छैन ।’
नेपाली मार्क्सवादी भनिनेहरूमा मार्क्सवादको बुझाइ निकै कमजोर रहेको तर्फ इङ्गित गर्दै वक्ता सिग्देलले राम्रो प्रजातन्त्रवादी बन्न पनि मार्क्सवाद एवम् अन्य कम्युनिष्ट विचारधाराको राम्रो ज्ञान हुनु जरुरी रहेको स्पस्ट पारे । ’नेता गिरीले मार्क्सवाद मात्र होइन लेनिन, स्टालिनदेखि लिएर कम्युनिजमका एकएक केस्रा केलाएर अध्ययन गरेका थिए।’ उनले भने ।

विचार र कार्यशैलीमा पार्टीभित्र बेलाबेला टकराव भइरहने गिरी पार्टीको ह्वीपसमेत नमान्ने गरेका उदाहरण दिँदै उनले भने, ‘वर्तमान संविधान प्रजातान्त्रिक नभएको भन्दै पार्टीको बेवास्ता गर्दै गिरीले हस्ताक्षर गरेका थिएनन्। उनी अराजक प्रवृत्तिको हुन सक्नुका पछाडि उनको अध्यात्मको गहनबुझाइ नै प्रमुख कारण हो।’

नेता विपी कोईरालापछि गिरीमा नै उच्च राजनीतिक सुझबुझ र फराकिलो चिन्तन भएको समेत सिग्देलको दावी थियो ।

नेपाली लेखक संघका अध्यक्ष रीता अधिकारी ‘ऋतु’ को अध्यक्षतामा सम्पन्न कार्यक्रममा डा. लक्ष्मीशरण अधिकारी, साहित्यकार विश्वप्रेम अधिकारी, डा. भूमिराज बस्ताकोटी, शिव केसी, दिपेन्द्र श्रेष्ठ, चिरञ्जीवी शर्मा पौडेल, गीता लामिछाने, नेपाली लेखक संघ कास्कीका सचिव प्राञ्जल लगायतले राजनीतिमा मात्र नभई नेपाली वाङमयमा विशेषतः आख्यानमा मनोविश्लेषण भित्र्याउने, नयाँ चिन्तन, नयाँ आयाम, नयाँ परम्परा र शैली दिएर नेपाली साहित्यमा नक्षत्रका रुपमा स्थापित विपीका बारेमा आ आफ्नो विचार व्यक्त गरेका थिए।

२४ भाद्र २०८०, आईतवार २०:३८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा