Play

पोखरामा आयोजित भजन प्रतियोगितामा पाल्पाली समूह उत्कृष्ट, पायो एक लाख नगद पुरस्कार

कला संस्कृतिवाटै मानव सभ्यताको विकासः सासंद भट्टराई


गुरुकुल खबर


पोखरा, पोखराको वाटुलेचौरमा आयोजना भएको खुल्ला कृष्ण भजन प्रतियोगितामा पाल्पाको धर्मोदय दशवतार वालन संस्कृत समुह उत्कृष्ट हुदै प्रथम भएको छ ।

श्री कृष्णजन्माष्टमीको अवसरमा शुक्ला साहित्य प्रतिष्ठान पोखराले आयोजना गरेको प्रतियोगितामा देवीस्थान भजन समुह हेम्जा उत्कृष्ट दोस्रो, ईशानेश्वर भजन समुह उत्कृष्ट तेस्रो र ओमकारेश्वर भजन समुह फुलवारीले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

विगत २४ वर्षदेखि निरन्तर रुपमा गर्दै आएको प्रतियोगितामा उत्कृष्ट हुन सफल टोलीलाई नगद १ लाख, द्वितियलाई ७५ हजार, तृतियलाई ५० हजार, सान्त्वना टोलीलाई २५ हजार र सहभागी २४ टिमलाई प्रोत्साहन स्वरुप नगद ५ हजार सहित प्रमाणपत्र प्रदान गरिएको प्रतिष्ठानका सहसचिव एवं प्रचार प्रसार उपसमितिका संयोजक संजय थापाले जानकारी दिए । मध्यरातीसम्म चलेको प्रतियोगितामा सहभागी टिमले विभिन्न झाँकी र कृष्ण लिला समेत प्रस्तुत गरेका थिए ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधी सभा का सदस्य विद्या भट्टराईले कला संस्कृतिवाटै मानव सभ्यताको विकास भएको वताउँदै, यसको संरक्षण गर्न आवस्यक रहेको बताइन् । उनले यस्ता कार्यक्रमले पोखराको धार्मिक पर्यटन विकासमा समेत टेवा पुर्याउने स्पष्ट पारिन् । प्रतिष्ठानका अध्यक्ष हरि वरुवालको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक दुर्गादेवी वस्नेतले कला, संस्कृति तथा साहित्य उत्थानमा प्रतिष्ठान सदेैव अग्रसर हुने बताइन् ।

प्रतियोगितामा सहभागी टोलीको मुल्यांकन संयोजक सिर्जना थापा, संस्कृतिविद् डा. कुशुमाकर न्यौपाने र सह प्राध्यापक अम्विका प्र. भट्टराईले गरेका थिए ।कार्यक्रमको संचालन अग्रज दोहरी गायक प्रजापति पराजुलीले गरेका थिए । कार्यक्रममा डा.ई महेन्द्र वानियाँ सहित विभिन्न सहयोगदातालाई सम्मान गरिएको थियो ।

गत ३ वर्ष कोभिड महामारीका कारण रोकिएकोमा यस वर्षदेखि प्रतियोगिता पुन संचालन गरिएकोे प्रतिष्ठानका अध्यक्ष वरुवालले जानकारी दिए । प्रतियोगितामा कास्की, स्याङ्जा, वाग्लुङ, पाल्पा लगायतका जिल्लावाट पनि भजन टोली सहभागी भएका थिए । कार्यक्रम हेर्न महेन्द्र गुफा तथा चमेरे गुफा हेर्न पुगेका विदेशी पर्यटक समेत पुगेका थिए । वि.सं २०४५ सालमा जनकवि केशरी धर्मराज थापाको नेतृत्वमा स्थापना भएको प्रतिष्ठानले पोखरामा साहित्य, कला र संस्कृतिका क्षेत्रमा काम गर्दैै आईरहेको छ ।

 

 

२१ भाद्र २०८०, बिहीबार १३:०४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा