Play

सुन तस्करी काण्डमा महरा पुत्र राहुल पक्राउ

गुरुकुल खबर


पोखरा, विद्युतीय चुरोट भेपमा लुकाएर सुन तस्करी गरेको प्रकरणमा पक्राउ राहुल महरा पक्राउ परेका छन् । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरापुत्र राहुललाई अदालतले ५ दिन हिरासतमा राख्न अनुमति प्रदान गरेको छ ।
संगठित सुन तस्करी मुद्दामा अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुरुमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद पाएको हो। विद्युतीय चुरोट (भेप) मार्फत भएको करिब ९ किलो सुन तस्करी अनुसन्धानका लागि सीआईबीले राहुललाई बुधबार पक्राउ गरेको थियो।

उनलाई संगठित अपराधमा अनुसन्धानका लागि म्याद थप गर्न अदालत लगिएको थियो। प्रहरीले १० दिन समय मागे पनि ५ दिन मिलेको हो। २०७९ पुस १० मा दुबईबाट विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहसँग माओवादी उपाध्यक्ष महरा र उनका छोरा राहुलको निरन्तर सम्पर्क देखिएको थियो।

सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग उनीहरूले २५० भन्दा धेरै पटक फोन सम्पर्क गरेको सीआईबीको अनुसन्धानबाट खुलेको थियो। ब्यूरोले महरा र उनका छोरा राहुललाई सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’ किटान गरेर अनुसन्धान प्रतिवेदन तयार पारेको थियो ।

१३ भाद्र २०८०, बुधबार १९:३४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा