Play

उपप्रधानमन्त्री खड्कासँग भारतको नेश्नल डिफेन्स कलेजका शिक्षार्थीको शिष्टाचार भेट

गुरुकुल खबर


काठमाडौँ, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भारतको नेश्नल डिफेन्स कलेज (एनडीसी) नयाँ दिल्लीका एयर भाइस मार्सल मनिषकुमार गुप्ता, एभिडिएसएम, एसडिएस (एयर) एनडिसी नेतृत्वमा शिक्षार्थी सम्मिलित १६ सदस्यीय भ्रमणदलका सदस्यहरुले शिष्टाचार भेट गरेका छन् ।

रक्षा मन्त्रालय सिंहदरबारमा शिष्टाचार भेटका क्रममा उपप्रधानमन्त्री खड्काले संयुक्त राष्ट्र संघको वडापत्र, असंलग्नता, पञ्चशील, अन्तर्राष्ट्रिय कानुन र विश्व शान्तिका मूल्यमान्यता नेपालको परराष्ट्र नीति संचालनका आधारहरुको रुपमा रहेको बताए । उनले सार्वभौम समानता, क्षेत्रीय अखण्डता, पारस्परिक हित र पारस्परिक लाभले नेपालको परराष्ट्र सम्बन्धलाई मार्गदर्शन गरेको विषय पनि उल्लेख गरे। संयुक्त राष्ट्रसंघीय शान्ति अभियानमा सहभागी भएर नेपालले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा विशेष योगदान दिएको पनि उनले बताए ।

उनले रक्षासँग सम्बन्धित अध्ययनको आवश्यकता सामान्य शैक्षिक संस्थाहरूले पूरा गर्न नसक्ने बताउँदै विभिन्न देशहरुमा यससम्बन्धी संस्थाहरुको स्थापना र सञ्चालन भइरहेको सुनाए । नेपालमा समेत रक्षासम्बन्धी अध्ययन संस्थाको आवश्यकता महसुस गरिएको उनले बताए ।

प्रतिनिधिमण्डलको नेतृत्व गरेका भारतीय एयर भाइस मार्सलले कार्यक्रमको आयोजना तथा सहजीकरण गरेकोमा धन्यवाद दिए । नेपाल र भारतबीचको कूटनीतिक सम्बन्ध तथा नेपाली सेना र भारतीय सेनाबीचको समन्वय सुमधुर रहेको उनको भनाइ थियो ।

सो अवसरमा रक्षा मन्त्रालयका सहसचिव, परराष्ट्र मन्त्रालय तथा नेपालस्थित भारतीय दुतावासका अधिकारी एवम् नेपाली सेनाका अधिकृतहरुको समेत उपस्थिति थियो ।

११ भाद्र २०८०, सोमबार २२:३९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा