Play

जातीय र धार्मिक सद्भाव कायम राख्न धरानमा निशेधाज्ञा, बजार सुनसान र शान्त

गुरुकुल खबर


पोखरा, जातीय र धार्मिक सद्भाव भड्कन सक्ने खतरालाई मध्यनजर गर्दै धरानमा शुक्रबार राति १२ बजेदेखि निषेधाज्ञा लागू भएको छ । पछिल्लो समय त्यहाँ जातीय र धार्मिक विवाद बढ्दै गएपछि सम्भावित हिंसा हुन नदिन प्रशासनले यस्तो कदम उठाएको हो ।

स्थानीय प्रशासनले लगाएको २४ घण्टे निषेधाज्ञाका कारण धरान सहर यतिबेला सुनसान र शान्त देखिएको देखिन पुगेको छ । सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार निषेधाज्ञा शनिबार राति १२ बजेसम्मका लागि लागू हुने छ ।

प्रशासनले धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नगरपालिका–१ मा पर्ने झण्डा चौकदेखि धरानतर्फको क्षेत्र, धरान प्रवेश गर्ने पश्चिम–दक्षिण रामधुनी नगरपालिका–६ बाट बराहक्षेत्र नगरपालिका–३ नडाहा चोकबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा लागू गरेको हो।

त्यसैगरी इटहरी उपमहानगरपालिका–२० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्रमा पनि प्रशासनले निषेधाज्ञा जारी गरेको छ। त्यसैगरी धरान उपमहानगरपालिका–५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी(६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ९३० बमोजिम मिति शुक्रबार राति १२ बजेदेखि शनिबार राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिक रुपमा गरिने सामाजिक, धार्मिक, राजनीतिक सभा, ¥यालीर भेला गर्न रोक लगाइएको छ। प्रशासनले प्रदर्शनलगायत कुनै पनि कार्यक्रम नगर्न÷नगराउन धरान उपमहानगरपालिका क्षेत्रभित्रका सबै सरोकारवालालाई अनुरोध गरेको छ । तस्वीर : नेपाल खबर

९ भाद्र २०८०, शनिबार १३:४८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा