Play

फोटो पत्रकार राम गुरुङ ‘रामलाल- श्रीमाया’ पुरस्कारबाट पुरस्कृत

गुरुकुल खबर


पोखरा । पोखरामा लामो समयदेखि फोटो पत्रकारीतामा क्रियाशिल पत्रकार राम गुरुङलाई ‘रामलाल श्रीमाया राष्ट्रिय फोटोग्राफी’ पुरस्कारबाट सम्मान गरिएको छ ।

विश्व फोटोग्राफी दिवस तथा पोखरा फोटोग्राफर संघको ४२ औं साधारण सभाको अवसर पारेर गुरुङलाई उक्त सम्मान प्रदान गरिएको हो ।

पुरस्कारको राशी नगद २५ हजार ५ सय ५५ रुपैयाँ सहित दोसल्ला र सम्मानपत्र रहेको छ ।

सम्मानित हुँदै गुरुङले फोटोपत्रकार हुनु अघि आफु फोटोग्राफर भएको स्मरण गर्दै फोटोग्राफर संघ आफ्ना लागि आस्था र विस्वासको संस्था रहेको बताए । उनले भने ‘पुरस्कारले पेशाप्रतिको जिम्मेवारी थपिएको अझ थपिएको छ ।’

यसैबीच सोही कार्यक्रममा फोटोग्राफर संघमा आबद्ध सदस्यहरुको १२ पास गरेका छोराछोरीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष आनन्दराज मुल्मीले फोटोग्राफी विधाको आवश्यकता बारे प्रकाश पार्दै समय परिवर्तनसगै फोटोग्राफी विधा अन्य विधाको तुलनामा तिब्र गतिमा परिवर्तन भइरहेको बताए । विश्वमा अनौठा प्रविधिहरु आएको सुनाउँदै उनले अहिले आर्टिफिसियल प्रविधिमा प्रवेश गरिसकेको धारणा राखे । उनले भने ‘हिजो जस्तो स्टुडियोमा फोटो खिचेर जीवनयापन गर्ने स्थिति छैन, फोटोग्राफी व्यवसायमा लाग्नेहरु समयअनुसार परिवर्तन हुनुपर्छ।’

कार्यक्रममा पोखरा ४ का वडा अध्यक्ष देवकृष्ण पराजुली, महिला उपसमिति संयोजक रीता पौडेललगायतले आफ्नो धारणा राखेका थिए ।

२ भाद्र २०८०, शनिबार २१:१४ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : gurukulkhabar@gmail.com
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा