Play

बाँझापाटन तमु समाजको ५१ औं वार्षिक साधारणसभा

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिका वडा नं.१३ स्थित बाँझापाटन तमु समाजको ५१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

साधारणसभाको प्रमुख अतिथि पोखरा महानगरपालिका १३ नं. वडाध्यक्ष किरण बरालले उद्घाटन गर्दैै बाँझापाटन तमु समाजका लागि गत वर्ष बजेट उपलब्ध गर्न नसके पनि यसवर्ष सक्दो बजेट प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । बाँझापटन क्षेत्रको विकास, सामाजिक सद्भाव, साँस्कृतिक संरक्षणका लागि बाँझापाटन तमु समाजको भुमिकाको प्रसंशा व्यक्त गर्दै उनले व्यवस्थित र विकशित वडा बनाउन सबैको साथ सहयोगको अपेक्षा राखे ।

कार्यक्रममा विशेष अतिथि तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले सबैभन्दा पुरानो समाज बाँझापाटन तमु समाज हरेक क्षेत्रमा अग्रणी भुमिका रहेको भन्दै प्रसंसा गरे । उनले विश्व आदिवासी दिवसका दिन साउन २४ गते तमु धिं नेपालले भाषिक अधिकारका सवालमा आयोजित कार्यक्रम र तमुहरु ऐतिहासिक साँस्कृतिक पर्व ट्होटेंका बारेमा विशेष सहभागी हुन आग्रह गर्दै तमुहरुको एकता र आगामी दिनमा थप क्रियाशिल रहनुपर्नेमा जोड दिए ।

सल्लाहकार एवम पुर्व अध्यक्ष सुवेदार मेजर चेतबहादुर गुरुङ, मिलिजुली विजयपुर तमु समाजका अध्यक्ष इन्पेक्टर मानकाजी गुरुङ, बाँझापाटन तमु समाज आमा समितिका सचिव पुर्णकुमारी गुरुङले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभामा समाजका सचिव कुलप्रसाद गुरुङले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष भिमसिंह गुरुङले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरिएको थियो । यसरी नै कार्यक्रममा समाजका ८० वर्ष भन्दा माथिका जेष्ठ सदस्यहरु र उच्च शिक्षा हासिल गरेका समाजका विद्यार्थीहरुलाई सम्मान गरिएको थियो भने समाजका कलाकारहरु विविध साँस्कृतिक प्रस्तुति गरेर मनोरञ्जन दिलाएका थिए ।

समाजका अध्यक्ष नासु कृष्णबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सुवेदार इन्द्रबहादुर गुरुङले स्वागत र सचिव कुलप्रसाद गुरुङले कार्यक्रम संचालन गरेका थिए ।

 

२१ श्रावण २०८०, आईतवार १४:३६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा