Play

राष्ट्रिय औद्योगिक व्यापार मेला मंसिर २१ बाट, सम्पन्न मेलाबाट १३ लाख रुपैयाँ बचत

गुरुकुल खबर


पोखरा, पोखरा उद्योग वाणिज्य संघले आउँदो मंसिर २१ देखि पुस १ गतेसम्म राष्ट्रिय औद्योगिक व्यापार मेला गर्ने मिति तय गरेको छ । संघले आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष पवन प्रजापतिले उक्त जानकारी दिएका हुन् ।

उनले मेलाको तयारीसमेत सुरु गरिएको जानकारी दिंदै यो मेला पोखरा ९ नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा हुने बताए । अध्यक्ष प्रजापतीले मेला गण्डकी प्रदेशमा व्यवसाय विस्तार र प्रदेशको पर्यटकीय सम्भावना खोज्न केन्द्रीत हुने अवगत गराए । देशको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादन प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउने उद्देश्यले मेला आयोजना गरिँदै आएको छ ।

पत्रकार सम्मेलनका अवसरमा समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ को आय–व्ययसमेत सार्वजनिक गरिएको छ । मेलामा डोमतर्फ ७८, अटोका ४५ र अन्य १ सय २० वटा स्टल गरी कुल दुई सय ५० स्टल थिए । मेलामा विभिन्न शीषर्कबाट १ करोड २० लाख ३१ हजार ५ सय ८६ रुपैयाँ आम्दानी भएको छ । विभिन्न शीर्षकमा १ करोड ५ लाख ९० हजार ९ सय ६० रुपैयाँ खर्च भई १३ लाख ४० हजार ६ सय २६ रुपैयाँ बचत भएको अध्यक्ष प्रजापतीले बताए । बचत भएको रकम उद्यमशीलता प्रवद्र्धन गर्न तथा व्यवसायीको क्षमता अभिवृद्धिका लागि खर्च गरिने संघले जनाएको छ

गत मंसिर १६ देखि २५ गतेसम्म पोखरा ९ नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा मेला आयोजना गरिएको थियो । पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पुर्याउने उद्धेश्य मेलाको रहेको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश तथा पोखरा उद्योग वाणिज्य संघको आयोजना, गण्डकी सरकार, पोखरा महानगरपालिका एवम् नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, पोखराको प्रतिष्ठित व्यावसायिक घराना लक्ष्मी हाउसको उत्पादन समृद्धि स्टिल्सको मुख्य प्रायोजन रहेको मेलामा मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनी प्रालि इसेवा प्रालि, गरिमा विकास बैंक प्रालि, बाल्ट्रा होम एल्लाइन्सेस तथा शिव शिखर एग्रोको  मुख्य सह प्रायोजन रहेको थियो ।

१९ श्रावण २०८०, शुक्रबार १५:१९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा