Play

साइनिङ स्टारमा नवआगन्तुक विद्यार्थीको स्वागत

गुरुकुल खबर


पोखरा, पोखरा–६ लेकसाइडस्थित साइनिङ स्टार बोर्डिङ्ग स्कुलले कक्षा ११ मा भर्ना भई आएका नवआगन्तुक विद्यार्थीलाई एक कार्यक्रमका विच स्वागत गरेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी युनिभर्सिटीका डिन डा.कपिल उपाध्यायले विद्यार्थीहरुका लागि पाठ्यक्रमको पढाई मात्र प्रयाप्त नहुने बताए । उनले अबका विद्यार्थीहरुले देशमै सम्भावनाको खोजी गर्नुपर्नेम जोड दिंदै समाजले आफ्नों उपस्थितीको आवास गर्नसक्ने गरी काम गर्न पनि आग्रह गरे । त्यस्तै, गण्डकी एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका डा.सन्तोष कोइरालाले जिवनपयोगी शिक्षाका बारेमा चर्चा गरेका थिए ।

विद्यालयका प्राचार्य अर्जुन प्रसाद पाण्डेले सुनिश्चित भविष्यका लागि विद्यार्थीहरुले दृढ संकल्प गर्नुपर्नेमा जोड दिए । उनले विद्यालयले विद्यार्थीहरुलाई शिक्षासंगै सामाजिक, साँस्कतृतीक लगायत विविद्य पक्षमा अग्रसर बन्दै जिम्मेवार नागरिक बन्न आग्रह गरे ।

एचएम कोर्डिनेटर विमल कुँवरले प्लस टु अध्यानका लागि यहि विद्यालय रोजेका विद्यार्थीहरुलाई धन्यवाद ज्ञापन गर्ने विद्यार्थीको चाहना विद्यालयले पुरा गर्ने प्रतिवद्धता जाहेर गरे । फिस्टेल माउण्टेन कलेजका राजु लामिछानेले साइनिङ स्टार बोर्डिङ्गले विद्यार्थीहरुलाई लक्ष्य सम्म पु-याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतीक कार्यक्रम प्रस्तुत गरेका थिए । विद्यार्थीहरु किस्मत सर्मा, चाहना शाह, सञ्जय, प्रविना लगायतले कार्यक्रममा सहजिकरण गरेका थिए । विद्यालयका संस्थापक बविता भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य लालबहादुर कुँवर, फत्तबहादुर थापा, सल्लाहकार विष्णुहरी अधिकारी, नेपाली विषय शिक्षक मानबहादुर थापा लगायतले विद्यालयका गतिविधीबारे चर्चा गरेका थिए ।

विद्यालयले प्लस टु तर्फ कलेज अफ म्यानेज्मेण्ट, होटल म्यानेज्मेण्ट, ट्राभल टुरिजम एण्ड कम्प्युटर विषयमा अध्यापन गराउँदै आएको छ ।

 

१८ श्रावण २०८०, बिहीबार १४:५३ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा