Play

कभर्डहल र क्रिकेट खेल मैदानको सम्भव्यता अध्ययन गर्न परिषदले बनायो उपसमिति

गुरुकुल खबर


पोखरा, प्रदेश खेलकुद परिषद गण्डकीले गण्डकी प्रदेशमा कभर्डहल निर्माण र क्रिकेट खेल मैदानको सम्भव्यता अध्ययन गर्ने भएको छ ।

परिषदको सोमबार बसेको कार्यकारी समितिको बैठकले उक्त निर्णय समेत गरेको हो । परिषदका सदस्य सचिव श्रीधर शर्माको अध्यक्षतमा सम्पन्न बैठकले कभर्डहल निर्माण र क्रिकेट खेल मैदानको सम्भव्यता अध्ययन गर्न परिषदका कार्यकारी सदस्य ऋषीराम गौतमको संयोजकत्वमा ५ सदस्यिय उपसमिति गठन गरेको छ ।

सो उपसमितिको सदस्यमा कार्यकारी सदस्य तारामायाँ थापा मगर, परिषदका सदस्य केशव पाठक, विष्णुमायाँ गुरुङ र कार्यालय प्रमुख तोपलाल भुसाल रहेका छन् । बैठकले भदौ ३० गते सम्म सोको अध्ययन गरी प्रतिवेदन पेश गर्न समय तोकिएको परिषदले जनाएको छ ।

सम्पन्न बैठकले विभिन्न प्रतियोगिता सञ्चालन, खेलाडी कल्याणकारी कोषको व्यवस्थापन तथा खेलाडी सम्मान पदक नमुनाको कार्यविधि र मापदण्ड तयार गरी मन्त्रालयमा पेश गर्न सदस्य सचिव शर्माको संयोजकत्वमा ५ सदस्यिय उपसमिति गठन गरेको छ । उपसमितिको सदस्यमा कार्यकारी सदस्य दिल बहादुर गुरुङ, परिषदका सदस्य खगेन्द्र क्षेत्री, मन्त्रालयका कानुन अधिकृत सिर्जना आचार्य र परिषदका कार्यालय प्रमुख तोपलाल भुसाल रहेका छन् ।

यसै गरी बैठकले २०८० मा प्रदेश भित्र हुने खेल गतिविधि तथा प्रतियोगिताहरुको सञ्चालन र कार्यतालिका क्यालेण्डर निर्माण गर्न कार्यकारी सदस्य दिल बहादुर गुरुङको संयोजकत्वमा ५ सदस्यिय उपासमिति गठन गरेको परिषदले जनाएको छ । सोको सदस्यमा परिषदका सदस्य योगेन्द्र शेरचन, खगेन्द्र क्षेत्री, शुभकन्या गुरुङ, कार्यालय प्रमुख भुसाल र लेखा प्रमुख निलकण्ठ ढकाल रहेका छन् ।

हालै राष्ट्रिय खेलकुद परिषदबाट प्रदेश खेलकुद परिषद अन्तर्गत आएका कर्मचारीहरुको व्यवस्थापन गर्न तथा परिषदलाई आवश्यक कर्मचारीहरुको लागि संगठन संरचना (ओएनएम) निर्माण गरी अघि बढ्ने परिषदले जनाएको छ । सो ओएनएम निर्माण गर्न सदस्य सचिव शर्माको संयोजकत्वमा तिन सदस्यिय उपसमिति गठन गरिएको छ । समितिमा मन्त्रालयका कानुन अधिकृत आचार्य र परिषदका कार्यालय प्रुमख भुसाल रहेका छन् ।

१७ श्रावण २०८०, बुधबार १३:२९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा