Play

नेवाः ल्याम्ह पुचः कास्कीमा विनित जोजिजु

गुरुकुल खबर


पोखरा, नेवाः ल्याम्हपुचः कास्कीको चौथो अधिवेशनले विनित जोजिजुको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

अधिवेशनले प्रथम उपाध्यक्षमा शुरेश कुमार श्रेष्ठ, दितीय उपाध्यक्षमा राजिव खिचाजु, महासचिव रोशन मान्नधर, उपमहासचिव सविन श्रेष्ठ चयन गरेको छ । यस्तै संस्थाको कोषाध्यक्ष जिवन मर्सानी र सहकोषाध्क्षमा आस्मा श्रेष्ठलाई चयन गरेको हो । कार्यसमिति सदस्यहरुमा प्रशान्त श्रेष्ठ, प्रदिपश्रेष्ठ, अविजित श्रेष्ठ, रोमनमान श्रेष्ठ, सलिना माकाजु, रोहित श्रेष्ठ, मोनिका श्रेष्ठ, नरेश श्रेष्ठ, शशांक प्रधान, सुइनवजिमय, प्रेम श्रेष्ठ रहेका छन् ।

साधारण सभामा वोल्दै नेवाखलःकास्कीका अध्यक्ष अशोक पालिखेले जिल्लाभित्र २८ ठाउँमा नेवारी समुदायको यस्ता खालका संस्थाहरु स्थापना भएको बताए । कास्कीका अन्य ठाउँमा पनि स्थापना गर्न आवश्यक रहेको उनको भनाई थियो । यस्ता खालका संस्थाहरुले गर्ने हरेक गतिविधीले नेवारी समुदायको भाषा संस्कृती जगेर्ना गर्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।

अधिवेशनमा नेवाःपत्रकार पुचःकास्कीका अध्यक्ष अनिशा श्रेष्ठले नेवारी समुदायको कला संस्कृतीको प्रचार प्रसार गर्न पुचःले विभीन्न योजनाहरु समेत निमार्ण गरेको बताइन् ।

कार्यक्रममा नेवाखलः कास्कीका सदस्य तथा भाषा प्रशिक्षक विक्रम उदासले नेवारी भाषा लोप हुदै गएकोले सवैले नेवारी भाषा सिक्न अभियान संचालन गरेको वताए । भाषा सिक्न विभीन्न जिल्लाका मानीसहरु कार्यक्रममा जोडीएको उनले बताए । कार्यक्रममा भाषा संरक्षण र प्रशिक्षणमा योगदान दिएको भन्दै सम्मान समेत गरिएको थियो ।

यस्तै नेवा ल्याम्हपुचःका पुर्व अध्यक्ष राम रजकलाई समुदायको संगठन विस्तारमा योगदान पु-याएको भन्दै सम्मान गरीएको थियो । निशान्त ताम्राकार र अनुप ताम्राकारलाई नेवारी समुदायको खिनवाजा प्रशिक्षण गरेको भन्दै ल्याम्हःपुचःले सम्मान गरेको थियो ।

निर्वतमान अध्यक्ष मधुसुधन जोशीले कोभीडका कारण नेवाःल्याम्हपुचः कास्कीले सोचे जस्तो कार्य गर्न नसकेको बताए । संस्थाको कार्यक्रमहरुलाई भने निरन्तरता दिन सफल भएको उनको भनाई थियो । कार्यक्रममा नेवाःमिस पुचःकास्कीका अध्यक्ष संगीता वज्रचार्य, नेवाखलकास्कीका महासचिव सुविन्द्र श्रेष्ठ लगाएतले बोलेका थिए । कार्यक्रमको संचालन संस्थाका महासचिव शुरेसकुमार श्रेष्ठले गरेका थिए ।

१४ श्रावण २०८०, आईतवार १३:२३ मा प्रकाशित
Nabintech