Play

लायन्स क्लब अफ पोखरा फेवा फुलवारीद्वारा घार्मीमा वृक्षरोपण

गुरुकुल खबर


पोखरा, लायन्स क्लब अफ पोखरा फेवा फुलवारीले पोखराकै पर्यटकीय क्षेत्र घार्मीमा वृक्षारोपण गरेको छ ।

घार्मीको ओमकारेश्वर महादेव मन्दिर परिसरमा तेजपत्ता, पारिजात, गुलमोहर, आकाशे फल, एभोक्याडो लगायतका विभिन्न प्रजातिका ५० भन्दा बढी विरूवा रोपिएको कार्यक्रम संयोजक लायन गोविन्दराज अधिकारीले जानकारी दिए । लायन्स पार्ककै रूपमा विकास गरिएको उक्त क्षेत्रमा यसअघि रोपिएका विरूवाको गोडमेल समेत गरिएको छ

यसअघि कार्यक्रमको उद्घाटन गर्दै लायन्स क्लब डिस्ट्रीक ३२५ केका चिफ एडभाइजर प्रजापति बास्तोलाले ओमकारेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डिराज पौडेल र कार्यक्रम संयोजक गोविन्दराज अधिकारीलाई विरूवा हस्तान्तरण गरी उद्घाटन गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बास्तोलाले लायन्सले विगत देखिनै वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेलेकोमा प्रशंसा गर्दै, विरूवा रोपेर मात्र नभई यसको दिगो संरक्षणमा ध्यान दिन आग्रह गरे ।

क्लबका अध्यक्ष लायन माधव कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा लायन शंकर बहादुर खत्री, कार्यक्रम संयोजक गोविन्दराज अधिकारी, नेपाल पत्रकार महासंघ प्रदेश परिषद् सदस्य शिशिर पौडेल,मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डिराज पौडेल, समाजसेवी लिला अधिकारी पौडेल, पुर्व अध्यक्ष संजय बस्नेत, लायन गुरू प्रसाद पौडेल, पंण्डित गुरूदत्त लामिछाने, क्याबिनेट सेक्रेटरी लायन कुन्दनराज शर्मा लगायतले मन्दिर परिसरलाई गुल्जार बनाउन क्लवले महत्वपूर्ण भूमिका खेलेको बताए। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पौडेलले मन्दिर क्षेत्रलाई तारवार गरि सुरक्षित बनाउन सके वोट बिरुवा संरक्षण हुने बताउदै त्यसमा सहयोग गर्न आग्रह गरे ।

क्याबिनेट सेक्रेटरी लायन कुन्दनराज शर्माले स्वागत गर्नुभएको कार्यक्रममको संचालन क्लबका सचिव ईन्जिनियर लायन दिपक केसीले गर्नुभएको थियो ।क्लवले विगत सात वर्षदेखि त्यस ठाउँमा लायन्स पार्क निर्माण गरि वृक्षारोपण गर्दै आइरहेको छ ।

१३ श्रावण २०८०, शनिबार १७:०९ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा