Play

तायाः मचा प्रतियोगीता तयारी सुरु ,रानीपौवामा सचिवालयको उद्घाटन

गुरुकुल खबर


पोखरा ,यस वर्षको तायाः मचा प्रतियोगीताको तयारी सुरु गरीएको छ । पोखराको रानीपौवामा हुनेप्रतियोगीताको आज एक कार्यक्रमका विच सचिवालयको उद्घाटन गरीएको छ । सचिवालयको उद्घाटन गर्दै  नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले ताया मचाः प्रतियोगीताको तयारी तिव्र पारीएको वताए ।  । प्रतियोगीताको लागी  विभीन्न टोल वाट समुहहरुको प्रतियोगीतामा सहभागीता रहने जानकारी दिए । प्रतियोगीताको प्रथम पुरस्कार ३ लाख ३३ हजार ३ सय ३३ रहेको पालिखेले बताए ।

तायाः मचा नृत्य प्रतियोगताका मुख्य सयोंजक ईश्वर कर्माचार्य ले करिव २५ टिमले सहभागी जनाउने जानकारीदिए । कार्यक्रम भदौ १६ गते शनिवार रानिपौवामा हुने छ ।   यस अघि नेवा खल कास्कीले ताया ःमचा सामाग्री नभएको ठाउँहरुमा वाजा समेत हस्तान्तरण गरेको थियो ।

यस वर्षको तायाः मचा प्रतियोगीता पोखराको रानीपौवामा हुने छ ।  भाद्र  ४ गते ताया मचाः रहे पनि भाद्र १६ प्रतियोगीता हुने  नेवा खलः कास्कीका अध्यक्ष  पालिखेले बताए । प्रतियोगीताको लागी ३२ वटा टोल वाट समुहरुको प्रतियोगीतामा सहभागीता रहने आायोकले विश्वास लिएको छ  ।

नृत्य ननिस्क्ने ठाउँहरुमा तायामचाको नृत्य निस्कीयोस भनेर नेवा खलः कास्कीको सहयोगमा विभिन्न स्थानका नेवार समुदाएहरुलाई  वाजाको पुरा सेट समेत हस्तान्तरण गरेको थियो ।  भाद्र १४ गते आ आफ्नो टोलमा प्रर्दशन  गरेर प्रतियोगीतामा सहभागीता रहने पालिखेले जानकारी दिए ।

संस्कृतीकर्मी तीर्थ श्रेष्ठले ताया मचा पहिलो जस्तो नरहेको वताए । नाचमा चाहीने कुराहरुमा कमी आएको प्रति चिन्ता लागेको व्यतm गरे । उनले नाचमा टाउको कसरी हल्लाउने कसरी राग वजाउने र मौलीक शैलीमा ध्यान दिन आग्रर्ह गरे ।

१३ श्रावण २०८०, शनिबार १६:५५ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा