Play

पोखरा महानगरमा मलको मूल्य निर्धारण

गुरुकुल खबर


पोखरा, पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि मलको मूल्य तथा बिक्री परिमाणको कोटा निर्धारण गरेको छ । पोखरा महानगरपालिका मल वितरण ब्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मलको मुल्य निर्धारण गरेको हो ।

महानगरका उपप्रमुख एवं मल वितरण ब्यवस्थापन समितिका संयोजक मञ्जुदेवी गुरुङको अध्यक्षतामा बसेको बैठकले युरिया, डीएपी र पोटासको मुल्य निर्धारण गरेको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो । उक्त बैठकमा पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख ठाकुरप्रसाद बास्तोला र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखराका प्रमुख बासुदेव उपाध्याय,  महानगर सहकारी शाखा प्रमुख भरतराज पौडेल, महानगर सहकारी समितिका संयोजक रविरमण तिवारी, उपभोक्ता सहकारी संघका अध्यक्ष कृष्णप्रसाद बरालको उपस्थितिमा बैठकले निर्णय गरेको हो ।

मल डिपोदेखि बिक्र्री केन्द्रको दुरीका आधारमा प्रतिकेजी रु १९ रुपैयाँ ४५ पैशादेखि २१ रुपैयाँ ५ पैशासम्म निर्धारण गरिएको छ । त्यस्तै डीएपीको ४८ रुपैयाँ ४५ पैशादेखि ५० रुपैयाँ ५ पैशा र पोटासको मुल्य ३६ रुपैयाँ ४५ पैशादेखि ३८ रुपैयाँ ५ पैशासम्म तोएिको छ । मल वित्र्रmेताले प्लाष्टिक झोलाको मुल्य प्रति किलो थप लिन सक्ने छन् ।

बैठकले पोखरा महानगर कृषि शाखामा सुचिकृत तथा बिक्र्री वितरण गर्नको लागि छनौट भएका २६ वटा वडाका ६७ केन्द्रबाट मल बिक्री वितरण भैरहेकोछ । मल बिक्र्री वितरणका लागि आर्थिक वर्ष २०७९/८० मा बिक्र्री भएको आधारमा कोटा निर्धारण गर्ने निर्णय भएको मनहर कडरियाले जानकारी दिए । सुचिकृत बिक्रेकतालाई मलको कोटा निर्धारण गरिएको र किसानलाई तोकिएकै मुल्यमा सहज रुपमा मल उपलब्ध गराउन अनुगमन गर्ने गरिएको र यस वर्षपनि त्यसलाई निरन्तरता दिइने महानगरले जनाएको छ ।

पोखरा महानगरमा गत आर्थिक वर्षमा युरिया, डीएपीर पोटास गरेर १९७७ .६५ टन मल खपत भएको छ । गत आर्थिक वर्षमा पोखरा महानगरमा युरिया १२२१.७५ टन, डीएपी ६६३.८५ टन, पोटास ३९.९५ टन र कृषि चुन २.१ टन खपत भएको उनले जानकारी दिए ।

१२ श्रावण २०८०, शुक्रबार १५:३७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा