Play

७३ वर्षिया वृद्धालाई वलात्कार गरेको आरोपमा २० र ३० वर्षका २ युवक पक्राउ

गुरुकुल खबर


पोखरा, दाङ जिल्लाको तुलसीपुरमा ७३ वर्षीया वृद्धालाई बसभित्र सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । बलात्कार आरोपमा प्रहरीले २० र ३० वर्षीय २ जना युवकलाई पक्राउ गरेको खबर सार्वजनिक भएको छ ।

खबर अनुसार हिजो बिहीबार राति तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कमा पार्किङ गरेर राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र प्युठानकी ७३ वर्षीया वृद्धालाई सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ ।

बलात्कार आरोपमा दाङकै तुलसीपुर उपमहानगरपालिका–१५ का ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका–७ का २० वर्षीय रेशम विकलाई प्रहरीले पक्राउ गरी मुद्दा अगाडि बढाउन लागेको छ ।

महिलाको चिच्यावट सुनेपछि स्थानीयले प्रहरीलाई सूचना दिएको र वृद्धालाई बलात्कार भइरहेको सूचना आएपछि पुगेको प्रहरी टोलीले घटनास्थलबाट ती दुई युवकलाई पक्राउ गरेको हो ।

आँखाको उपचार गर्न तुलसीपुर आएकी ती वृद्धा बसपार्क छेउमा उभिरहेका बेला ती युवकहरूले फकाएर बसभित्र लगी पालैपालो बलात्कार गरेको प्रहरीको भनाई छ । त्यसपछि बलात्कार गरी रहेकै अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

५ श्रावण २०८०, शुक्रबार १४:०७ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा