पोखरा, प्रधानमन्त्री पत्नी सीता दाहालको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ । यसअघि सरकारले उनको राजकीय सम्मानका साथ अन्त्यष्टि गरिने निर्णय गरेको थियो ।
सिताको सवमा पति पुष्पकमल दाहाल प्रचण्ड, दुई छोरी रेणु र गंगाले दागबत्ती दिएका दिएका थिए । सिताको बुधबार बिहान नर्भिक अस्पतालमा स्वर्गारोहण भएको थियो । उनको शवलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजानुअघि नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलिका लागि राखिएको थियो ।
त्यहाँ पार्टीका शुभेच्छुक, विभिन्न राजनीतिक दलका नेता तथा उनका आफन्तले श्रद्धाञ्जली दिएका थिए ।शीर्ष नेताहरूले पशुपति आर्यघाटमा पुगेर पनि सीताप्रति श्रद्धाञ्जली अर्पण गरे । सिता केही वर्षदेखि पार्किन्सन नामक रोगबाट पीडित थिइन् । उनको अन्त्यष्टिको क्रममा पशुपति आर्य घाटमा ठूलो संख्यामा मानिसहरु पुगेका थिए ।
तस्वीर : रातोपाटी डटकम