Play

पृथ्वी राजमार्ग स्तरोन्नतीका लागि मापदण्ड विपतरितका संरचना भत्काउन सुरु

गुरुकुल खबर


पोखरा, पृथ्वी राजमार्गको दायाँ बायाँ मापदण्ड मिचेर बनाइएका संरचना भत्काउन कार्य सुरु भएको छ । मुग्लिन सडक स्तरोन्नती कार्यका लागि सडकको दायाँ बायाँ रहेका संरचना हटाउने कार्य पोखरा महानगरपालिकाले थालनी गरेको हो ।

पहिलो दिन पृथ्वीचोकदेखि विजयपुर खोलासम्म सडक दायाँ–बायाँको संरचनामा डोजर लगाएर भत्काउने कार्य भएको थियो । एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा पृथ्वी राजमार्ग अन्तर्गतको पोखरा–मुग्लिन सडक खण्ड बिस्तार गरी डेडिकेट ४ लेको बनाउने योजना रहेको छ । सडक विभागको मापदण्ड अनुसार पोखरा खण्ड ४६ मिटर चौडाइ हुनेछ । यसैका लागि डोजर लगाउने कार्य आरम्भ भएको हो ।

बाटो बनाउने कार्य भने चिनिया ठेकेदारले गरेका छन् । सम्झौता गर्ने बेलामा सडकको साईट नेपाल सरकारले क्लियर गरिदिनु पर्नेछ । सोही अनुसार पोखरा महानगरले आफ्नो पालिकामा पर्ने सडकको मापदण्ड अनुसारको साईट क्लियर गर्न सुरु गरेको पोखरा महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिए ।

आयोजनाका अनुसार पोखरा–मुग्लिन सडक आयोजना अन्तर्गत पोखरा महानगरभित्र मात्रै १७० घर भत्काउनुपर्ने छ । जसमा हालसम्म ११२ वटा घर एवं भौतिक संरचनाको मुआब्जा वितरण गरिसकेको जनाइएको छ । उक्त संरचनाका १३० जना घरधनी रहेकोमा हालसम्म ८४ जनाले मुआब्जा पाइसकेको बताइएको छ ।

 

२६ असार २०८०, मंगलवार १४:३१ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा