Play

यू–१९ महिला क्रिकेट खेलाडी नगदसहित सम्मानित

गुरुकुल खबर


पोखरा, यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता गण्डकी प्रदेशको टोलीले पूर्व घोषित रकम सहित सम्मान गरिएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुक्रबार पोखरा रंगशालमा आयोजित एक कार्यक्रमका विच उनीहरुलाई सम्मानित गरिएको हो । गण्डकी प्रदेश सरकारका मन्त्री सुशिला सिंखडा, मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, पििरषदका उपाध्यक्ष धोज कुमार गुरुङ, सदस्य सचिव श्रीधर शर्मा लगायतले उनीहरुलाई सम्मान गरेको हो ।

गण्डकी प्रदेश सरकारले करिव १६ महिना अघि घोषणा गरेको रकम खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी १७ जनाले जनही नगद ५० हजारका दरले प्राप्त गरेका हुन् । उनीहरुले प्राप्त गरेको रकम खेलाडीहरुको व्यक्तिगत बैंक खाता मार्फत पठाइएको मन्त्रालयका सचिव बद्रिनाथ अधिकारीले बताएका छन् । उनले भने–“हामीले पहिले नै खेलाडीहरुलाई नगद सहित सम्मान गर्ने भनेका थियौं तर सरकार परिवर्तन लगायतका कारण ढिलो हुन पुग्यो । हामी खेलाडीहरुको मनोबल उच्च होस भन्नका लागि कामना गर्दछौं । यो सम्मानले खेलाडीहरुलाई पक्कै हौसला प्राप्त हुनेमा विश्वस्त छु ।”

खेलाडीहरुलाई सम्मान गर्दै मन्त्री सिंखडाले क्रिकेट खेलाडीहरुलाई सम्मान गर्ने विषयमा आफूले संसदमा समेत प्रतिवद्धता जनाएको बताउँदै आफूले प्रतिवद्धता जनाएको विषय पुरा गर्न पाउँदा खुसी लागेको बताइन् । उनले खेलकुद विकासका लागि गण्डकी प्रदेश सरकार प्रतिवद्ध रहेको बताउँदै पोखरा रंगशालामा योगका कार्यक्रमहरु समेत सञ्चालन गर्ने जानकारी दिइन् ।

परिषदका उपाध्यक्ष धोज कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य सचिव श्रीधर शर्माले प्रदेशको खेलकुद विकास संगै खेलाडीहरुको हितका लागि परिषद संधै साथ रहेको बताए । उनले आगामी दिनमा परिषदले विभिन्न जिल्लाहरुमा प्रतियोगिताहरु सञ्चालन गर्नेलगायत खेलकुदका विभिन्न कार्यक्रमहरुलाई जोड्दै दशौ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशलाई उत्कृष्ट बनाउने गरी योजना अघि सार्ने बताए ।

मुख्यमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता नेपाल क्रिकेट संघको आयोजनाका कैलालीको धनगढीमा १७ महिना अघि सम्पन्न भएको थियो । नगद ५० हजार सहित सम्मानित हुने खेलाडीहरुमा अन्जली विश्वकर्मा,, सिमाना के.सी, ज्योत्स्नीका मरासिनी, सोनिया थापा, आकृति तिवारी, कुसुम गोदार, अरबिना अधिकारी, निरु जि.टि., सेरिना थापा मगर, मनिषा उपाध्याय, सिर्जना पौडेल, जेनिशा खत्री, आङ पेमु ल्याम्बु शेर्पा र प्रीती पराजुली टोलीका प्रशिक्षक रिजन प्रजु, सहायक प्रशिक्षक गोविन प्रधान र टिम व्यबस्थाप एलिशा लामिछाने रहेका छन् ।

यसै विच प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रदेश क्रिकेट संघको समन्वयमा शुक्रबारबाट पोखरामा दुई दिने ओ लेभल क्रिकेट अम्पाएर प्रशिक्षण सुरु भएको छ । सो प्रशिक्षणको समेत मन्त्री सिंखडाले शुभारम्भ गरेकी छन् । प्रशिक्षणमा विभिन्न जिल्लाका ३५ भन्दा बढि अम्पाएर हरुको सहभागिता रहेको प्रदेश खेलकुदका कार्यकारी सदस्य ऋषीराम गौतमले जानकारी दिए ।

२२ असार २०८०, शुक्रबार १२:५१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा