Play

रविन तामाङ आफ्नै घरमा मृत फेला

गुरुकुल खबर


पोखरा, रबिन एण्ड न्यू रिभोलुसन ब्याडका मुख्य गायक एवं कलाकार रबिन तामाङ मंगलबार बेलुका बुढानिलकण्ठ चिसेनीस्थित आफ्नै घरमा मृत भेटिएका छन् । उनी आफ्नो कोठामा घोप्टो परेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
घटनाका बखत उनकी पत्नी घरबाहिर थिइन् । धेरै पटक फोन गर्दा पनि फोन नउठेपछि उनले गायक तामाङको अवस्था बुझ्न घरमा आफन्तलाई पठाएकी थिइन् तर गेट नखुलेपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरी तामाङ भएको ठाउँमा पुग्दा कोठाभित्रबाट चुकुल लगाइएको र ढोका खोली हेर्दा तामाङको निधन भइसकेको जनाइएको छ ।

तामाङको स्वाभाविक मृत्यु हो वा अन्य केही भन्ने बारे पोष्टमार्टम रिपोर्टपछि मात्र थाह हुने प्रहरीले जनाएको छ । उनको शब पोष्टमार्टमका लागि लगिसकिएको छ । तामाङ खासमा चर्चित रक गायक हुन् । युवा पुस्ता र अलि पुरानो पुस्तामाझ उनी लोकप्रिय थिए ।

२० असार २०८०, बुधबार १५:३८ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा