Play

मलेसियालाई पराजित गरेसँगै एसीसी यु–१६ इष्ट जोन कपमा नेपालको ह्याट्रिक

गुरुकुल खबर


पोखरा, नेपालले मलेसियालाई पराजित गर्दै एसीसी यु १६ इष्ट जोनको उपाधी जितेको छ । नरेनको विष्फोटक ब्याटिङ र अभिषेक तिवारीको घातक बलिङमा नेपाली युवा टोलीले यो जित निकालेको हो ।

घरेलु टोली मलेसियालाई २ सय २१ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले उपाधि आफ्नो पोल्टामा पारेको हो । नेपालले दिएको २ सय ५३ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया १४.५ ओभरमा ३१ रनमा अलआउट भयो ।
मंगलबार भएको यो फाइनल जितेसँगैै नेपालले एसीसी यू–१६ इष्ट जोनको उपाधिमाथि ह्याट्रिक गरेको छ । २०१७ र २०१९ को उपाधि पनि नेपालले नै जितेको थियो । कोभिड १९ महामारीका कारण गएका तीन बर्ष यो प्रतियोगिता स्थगित हुन पुगेको थियो ।

मुहम्मद अक्रमले बनाएको १० रन नै मलेसियाका लागि सबै भन्दा ठूलो हुन पुग्यो । अन्य ब्याटरले दोहोरो अंकको अंक बनाउन सकेनन् । मलेसियालाई कम स्कोरमा छेक्न अभिषेक तिवारी एक्लैले पाँच विकेट लिए भने ६ ओभर बलिङ गरेका अभिषेकले १ मेडन राख्दै मात्र ७ रन दिए । सन्तोष यादवले ३ विकेट लिए । ३ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै ९ रन खर्चे । सागर गैरे र अशोक धामीले समान १ विकेट आफ्नो नाममा दर्ता गरे ।

बायोमास ओभल मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ५२ रनको विशाल रन जोडेको थियो । नरेनको विष्फोटक ब्याटिङले यसमा मुख्य भूमिका खेल्यो । ८९ बलको सामना गरेका नरेनले १० चौका र २ छक्का मद्दतमा १ सय १२ रनको पारी खेले।

पाँचौँ विकेटका लागि नरेन र सन्तोष यादवले १ सय ३ रनको साझेदारी गरे र सन्तोषले २९ बलमा २६ रन थपे। त्यसअघि दोस्रो विकेटका लागि ओपनर निरज कुमार यादव र नरेनले ५५ रनको साझेदारी गरेका थिए। पहिलो विकेटका लागि ओपनर निरज र सुर्याशु कोइरालाले ४१ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात गराएका थिए । निरजले ४८ बलमा ४७ रन बनाए र सुर्यांशुले १८ तथा सन्तोष यादवले २६ रन जोडे ।

१९ असार २०८०, मंगलवार १३:२७ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा