Play

सिंगापुरलाई हराउँदै नेपाल एसीसी यु १६ इस्ट जोन कपको फाइनलमा

मलेसियासँग फाइनल खेल्ने


गुरुकुल खबर


पोखरा, नेपालले सिंगापुरलाई ९७ रनले हराउँदै एसीसी यू १६ इस्ट जोन कप क्रिकेटको फाइनलमा पुगेको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको सिंगापुरले ३१ दशमलव तीन ओभरमा ८७ रनमा सबै खेलाडी गुमायो । नेपालले आज उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । कृतिक कामतले सर्बाधिक ३ विकेट लिए । उनले २ दशमलव ३ ओभरमा ९ रन खर्चेर ३ विकेट लिए भने कप्तान अभिषेक तिवारी, प्रतीक पोखरेल, सन्तोष यादव, अशोक धामी र नरेनले एक एक विकेट लिए । सिंगापुरको इनिङ्स कमजोर बनाउन नेपालका सबै बलरहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

सिंगापुरका ओपनर श्रेयन च्यायु २ रनमा आउट भएपछि आएका रहील थाक्करले अर्का ओपनर रोशन रविचन्द्रनसंग मिलेर ४३ रनको साझेदारी गरे । रविचन्द्रनले सर्वाधिक २४ रन बनाए भने थाक्करले ७ रन जोडे । कविर बेर्लियाले ११ र प्रनव धनुकाले १४ रन बनाउनुबाहेक दोहोरो अंकको रन बनाउन सकेनन् । खेल सुरु हुनु अघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १८४ रन जोडेको थियो । नेपालका लागि ओपनरद्वय सूर्यांशु कोइराला र निरजकुमार यादवले पहिलो विकेटका लागि ६३ रनको साझेदारी प्रदर्शन गरे ।

कोइरालाले ४३ रन बनाए भने निरजकुमार यादव चौथो विकेटका रुपमा ४२ रनमा आउट भए । कप्तान अभिषेक तिवारी २५ रनमा आउट भए । सिंगापुरका हरिहरणले ३ विकेट लिए । नेपालले अब फाइनलमा मंगलबार घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्ने छ । अर्को सेमिफाइनलमा हङकङलाई हराउँदै मलेसियाले नेपालसँगको फाइनल तालिका तय गरेको हो ।

१८ असार २०८०, सोमबार १३:३४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा