Play

ढिकालेथर टोल बिकाश संस्थाको चौथो अधिवेशन, कार्कीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति

गुरुकुल खबर


पोखरा, ढिकालेथर टोल बिकाश संस्था पोखरा १२ कास्कीको शनिवार सम्पन्न चौथो अधिवेशन तथा सातौ साधारणसभाले गुप्त बहादुर कार्कीको अध्यक्षतामा नौ सदस्यीय नयाँ  कार्यसमिति सर्वसम्मत चयन गरेको छ। संस्थाको उपाध्यक्ष उमरसुब्बा गुरुङ, सचिव नारायणप्रसाद सुवेदी, सहसचिव चन्द्रा आचार्य तथा कोषाध्यक्ष बलबहादुर मल्ल छानिएका छन्। तेस्तै कार्यसमिती सदस्यहरुमा धननाथ सुवेदी, तिर्थराज  आचार्य, सञ्जय आचार्य र देवी थापा चुनिएका छन्।

कार्यक्रमका प्रमुख अतिथि वडानं १२का कार्यवहाक वडा अध्यक्ष सान्तबहादुर थापाले हरेक टोल विकाश संस्थाहरु बिकाश निर्माण तर्फ उन्मुख, नमुनायोग्य बन्दै अगाडी बढ्नु पर्नेमा जोड दिए।
टोल बिकाश संस्थाका अध्यक्ष गुप्त बहदुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रोशन प्रसाद श्रेष्ठले गरेका थिए।
कार्यक्रममा  ढिकालेथर आमा समुहकी अध्यक्ष शोभा आचार्य, ढिकालेथर सेवा समितिका पूर्व अध्यक्ष भरतबहादुर अधिकारी, सामुदायिक सेवा केन्द्र माटेपानी की उपाध्यक्ष इन्दीरा पन्त,ढिकालेथर खानेपानी उपभोक्ता समिति का अध्यक्ष बलबहादुर कार्की लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिय।
कार्यक्रममा टोल बिकाश संस्थाका ८० वर्ष पुगेका ११जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो भने उत्कृष्ट आमा समुह सम्मानबाट सेतीनहर आमा समुहलाई सम्मानित गरियको थियो।

१७ असार २०८०, आईतवार २२:२० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा