Play

रोटरी क्लब अफ गण्डकीको अध्यक्षमा युवा व्यवसायी सुनार चयन

गुरुकुल खबर


पोखरा‘रोटरी क्लब अफ गण्डकी’ को अध्यक्षमा युवा व्यवसायी किसान सुनार चयन भएका छन् । रोटरी क्लब अफ बुटवल चौतारीको प्रायोजनमा अध्यक्ष भएका सुनार नेतृत्वको क्लबमा ४४ जना चार्टर सदस्य छन् । चार्टर प्रेसिडेण्ट भएका उनलाई रोटरी डिस्ट्रिक गर्भनर २०२२–२३ का जीतेन्द्रबहादुर राजभण्डारीले पिन प्रदानसँगै सपथ खुवाए ।

‘रोटरी गण्डकीको नेतृत्वमा नयाँ जुजारु टिम आएको छ, रोटरी जहिलेपनि समाजसेवाको भावनामा क्रियाशिल हुनुपर्छ’, रोटरी गर्भनर राजभण्डारीले भने, जहिले पनि सेवामा तत्परः स्वार्थमा भन्दा सेवामा लाग्नुपर्छ ।’ रोटरी अभियान केःहो भनेर सबैलाई युवा देखि महिलाहरु सबैलाई बुझाउन आवश्यक रहेको रोटरी २०२२–२३ डिस्ट्रिक गर्भनर राजभण्डारीले बताए ।

रोटरी अभियान काम धेरै गरौं कुरा कम गरौ, रोटरी अभियान केःहो भनेर सबैलाई बुझाउन आवश्यक छ’, उनले भने, ‘रोटरी अभियानमा युवायुवती देखि सबैलाई यसका बारेमा जानकारी गराउन आवश्यक छ ।’ रोटरी क्लब अफ गण्डकीका अध्यक्ष किसान सुनारले क्लबले सामाजिक उत्तरदायित्वमा रहेर काम गर्ने बताए ।

रोटरी क्लब सामाजिक उत्तरदायित्वमा रहेर काम गर्दै आएको छ, मेरो कार्यकालमा पनि सामाजिक उत्तरदायित्वमा रहेर नै कायम गर्ने प्रतिवद्धता गरेको छु’, अध्यक्ष सुनारले भने,‘हामीले रोटरी केःहो सबैलाई बुझाउछौं, रोटरीले गर्दै आएको कामलाई निरन्तरतासँगै नयाँ कार्यक्रमलाई जोडेर लैजान्छौं ।’
उनले प्रदेशको स्वास्थ्य क्षेत्रदेखि लागूऔषध विरुद्धको अभियान कार्यक्रमलाई जोडेर जाने बताए ।

क्लबले प्रदेश भित्र स्वास्थ्य क्षेत्रका कार्यक्रम, वृक्षारोपण कार्यक्रमलाई अगाडि बढाउनेछौं’ उनले भने, ‘पोखरामा लागूऔषध प्रयोगकर्ताको बढ्दै गएका छन् यसलाई कम गर्न लागूऔषध विरुद्ध सचेतना कार्यक्रम आयोजना गर्नेछौं । अध्यक्ष सुनारले ग्रामीण क्षेत्रको आर्थिक विकासका लागि स्थानीय उत्पादन र प्रवद्र्धनमा सहयोग गने बताए ।

क्लबको प्रेसिडेन्ट इलेक्टमा सुवास ढुंगाना, प्रेसिडेन्ट नोमिनीमा निर्देशन कुमार चुल्याजु, भाइस प्रेसिडेन्टमा डा.डिनेश कुमार विक, सेक्रेटरीमा नवराज आचार्य, ट्रेजरीमा सिए अमित गडाल, जेटी सेक्रेटरीमा कृष्ण प्रसाद तिमिल्सिना, जेटी ट्रेजरीमा कमल विश्वकर्मा,सर्जेन्ट एट आर्मस् (फस्ट)सकुन्तला श्रेष्ठ, सर्जेन्ट एट आर्मस् (सेकेण्ड) प्रकाश राज पौडेल, क्लब एडिटर नविन किरण भुषाल, क्लब मेन्टर मानबहादुर विक, चेयर द फाउण्डेशन डा. सन्तोष कुमार विक, चेयर क्लब एड्मिनिस्ट्रेशन राजु कुमार पौडेल, चेयर मेम्बरसीप डा. कृष्ण बोगटी, चेयर सर्भिस प्रोजेक्ट कृष्ण खड्का, चियर क्लब ट्रेनर कमिल खान, चियर पब्लिक इमेज ईन्जिनियर लक्ष्मीप्रसाद शर्मा, चियर आइटि (न्यू जेनेरेशन) मिलन पौडेल, एक्जिक्युटिभसेक्रेटरी गौतम सुनार रहेका छन् ।
यस्तै इन्टरनेशनल सर्भिस कोडिनेटर प्रेमप्रसाद सुवेदी, टिच कोडिनेटर योगेन्द्र केशी, न्यू जेनेरेशन कोडिनेटर जीवन अधिकारी, फड रेजिङ चेयर पुर्ण बहादुर लामगाडे, पब्लिक रिलेसन कोडिनेटर मनोज रसाइली, इनर ह्विल कोडिनेटर इन्दु श्रेष्ठ, रोटरी पिस फेलोसिप दिपेन्द्र आचार्य, भोकेसनल सर्भिस कोडिनेटर ग्यान बहादुर नेपाली, रोटरी कम्युनिटी क्रप्स (आरसिसी) नगेन्द्र शर्मा भण्डारी, एडिक्स न प्रेभेसन कोडिनेटर प्रवेश चन्द्र उप्रेती, डिस्ट्रीक प्रोगाम कोडिनेटर ई.गणेश सापकोटा, इन्टयाक कोडिनेटर इन्द्र प्रसाद भुवाइ, क्रपोरेट हाउस कोडिनेटर श्रीजन श्रेष्ठ, एक्टिभ मेम्बर दिलप्रसाद पोखरेल, एक्टिभ मेम्बर तारानाथ ढुङ्गाना, एक्टिभ मेम्बर जीवन ढुङ्गाना, एक्टिभ मेम्बर सन्तोष भट्टराई, एक्टिभ मेम्बर चेतन कार्की, एक्टिभ मेम्बर भरत वि.क, एक्टिभ मेम्बर श्याम मल्ल, एक्टिभ मेम्बर लक्ष्मण गुरुङ, एक्टिभ मेम्बर अनुज नकर्मी, एक्टिभ मेम्बर हरी न्यौपाने, एक्टिभ मेम्बर अमर सापकोटा, एक्टिभ मेम्बर डिल्लीराज पाण्डे, एक्टिभ मेम्बर डा.सञ्जय कोइराला, एक्टिभ मेम्बर विकास गुरुङ, एक्टिभ मेम्बर तारानाथ भण्डारी, एकराज गिरी, एक्टिभ मेम्बर किसान गिरी, एक्टिभ मेम्बर अमर जंग गुरुङ, एक्टिभ मेम्बर सन्तबहादुर लामिछाने र रविन्द्र श्रेष्ठ रहेका छन् ।

१५ असार २०८०, शुक्रबार २२:१५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा