लागू औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा लागू औषध विरुद्धको ऐक्यवद्दता, व्यक्ति समाज र राष्ट्रको प्रतिवद्दता” भन्ने मूल नाराका साथ प्रभात फेरी कार्यक्रमको आयोजना गरियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको प्रमुख आतिथ्यता सम्पन्न भएको थियो ।
कार्यक्रममा आमा समूह, विभिन्न संघ संस्था, विद्यालय, सशस्त्र प्रहरी बल, सामुदायिक सेवा केन्द्र तथा सरोकारवाला निकायहरुसहभागी बनेका थिए । विभिन्न नारा सहितको प्लेकार्ड, व्यानर तथा पर्चा पम्प्लेटको साथमा पोखरा महानगरपालिका-९ पृथ्वीचोकबाट शुरु भएको र्याली सभागृहचोकमा पुगेर समापन गरिएको थियो ।
१२ असार २०८०, मंगलवार ०७:१८ मा प्रकाशित