Play

सृजनामा प्रदेश स्तरीय टेवटेनिस प्रतियोगिता सुरु, ५ जिल्लाका ९३ जना प्रतिस्पर्धी

गुरुकुल खबर


पोखरा,  सृजना लिडर्स क्लवको आयोजनामा पोखरामा प्रथम गण्डकी प्रदेश (एसइइ) स्तरीय टेबल टेनिस प्रतियोगिता सुरु भएको छ । सृजना लिडर्स क्लव सृजना मावि सृजनाचोक पोखरामा अध्यन गर्ने विद्यार्थीहरुको संस्था हो ।

विद्यालयको टेनिस कोर्टमा आयोजना भएको प्रतियोगितामा प्रदेशका ५ जिल्ला (स्याङजा, कास्की, तनहुँ, पर्वत र लमजुङका गरी ९३ विद्यार्थी सहभागी छन् ।

छात्र सिंगल, छात्र डबल र छात्रा सिङगलमा गरी तीन बिधामा खेल खेलाइने क्लवका अध्यक्ष मिलन खड्काले जानकारी दिए ।
छात्र सिंगलमा ४८, छात्र डबलमा १२ र छात्रा सिंगलमा ४ टिमले प्रतिष्प्रर्धा गर्ने छन् ।

प्रतियोगितामा प्रथम हुने छात्र, छात्रा टिमले नगद ५ हजार रुपैयाँ ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्, भने दृतीय हुनेले नगद ३ हजार रुपैयाँ मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै तृतिय हुने दुई टिमले १५÷१५ सयका दरले पुरस्कार पाउने छन् ।

प्रतियोगिताको उद्याटन गदै कास्की जिल्ला टेबल टेनिस संघका अध्यक्ष उत्तम जोशीले अनुशासित र निरन्तर प्रयास गर्ने खेलाडी सधैं सफल हुने बताए । उनले सृजना माविले खेलकुदलाई प्राथमिकता दिदै आएको स्मरण गर्दै जसको परिणाम स्वरुप राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सफल भएको धारणा राखे ।

विद्यालयका संस्थापक प्राचार्य डोलराज पाण्डेले विद्यार्थीलाई अतिरिक्त क्रियायाकलापमा सहभागी गराउन प्रयत्न गदै आएको जानकारी दिए । विद्यालयले क्रिकेट, टेबलटेनिस र बास्केटबलका राष्ट्रिय खेलाडी उत्पादन गरेको उनले बताए ।

२ असार २०८०, शनिबार ०७:३३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा