Play

शारीरिक सुगठन तथा फिट्नेस महासंघको अध्यक्षमा राजेशबाबु, गण्डकी प्रदेश संयोजकमा ओकील

गुरुकुल खबर


काठमाडौं ।  नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघको अध्यक्षमा राजेशबाबु श्रेष्ठ चयन भएका छन् । महासंघको प्रथम साधारण सभाले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।

महासंघको वरिष्ठ उपाध्यक्षमा विजयलाल कायस्थ, उपाध्यक्षमा सुजन लामा, रोशन महर्जन, महासचिवमा अजय बज्राचार्य निर्वाचित भएका छन्। त्यसैगरी सचिवमा दिनेश कुमार राजभण्डारी र कोषाध्यक्षमा बलराम सुवेदी चयन भएका छन् । 

त्यसैगरि सदस्यहरुमा दिनेश श्रेष्ठ, राजकुमार श्रेष्ठ, बाबुकाजी मानन्धर, नरेशकुमार मल्ल, अमृत रोकाया क्षेत्री, राजेश रत्न बज्राचार्य, दुर्गा बहादुर श्रेष्ठ, ननिता महर्जन विनिता राई चयन भएका छन् ।

संघको वाग्मती प्रदेश संयोजकमा राजनकुमार श्रेष्ठ, लुम्बिनी प्रदेश संयोजकमा सितुप्रसाद श्रेष्ठ, गण्डकी प्रदेश संयोजकमा ओकील (शंकर) मान तुलाधर उदास र कर्णाली प्रदेश संयोजकमा रमेशकुमार केसी चयन भएका छन् ।

महासंघको ४ प्रदेश संघ र ३० जिल्ला संघ विस्तार भएका छन् भने कार्यसमितिको पदावधि ४ वर्षको रहने छ ।नव निर्वाचित कार्यसमितिको पहिलो बैठकले महासंघको स्विकृत विधान बमोजिम राजेश उपाध्यायलाई उपाध्यक्षमा मनोनित गरेको छ ।

त्यसैगरि सदस्यहरमा ज्ञानेन्द्र नकर्मी, नविन आले मगर, प्रज्वल राई, निर्मला महर्जन, रेणुका श्रेष्ठ, रचना श्रेष्ठ, देविका राईलाई मनोनित गरिएको नवनिवार्चित अध्यक्ष राजेशबाबु श्रेष्ठले जानकारी दिए ।

२९ जेष्ठ २०८०, सोमबार २०:२५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा