Play

नेपाल प्रेस युनियन स्याड़जाको अधिवेशन, ६ जना पत्रकारलाई सम्मान, बगालेको नेतृत्वमा नया समिति

गुरुकुल खबर


नेपाल प्रेस युनियन स्याङ्जाको नवौं अधिवेशन सम्पन्न भएको छ ।अधिवेशनले युनियनको नया कार्यसमिति निर्वाचित गरेको छ ।अधिवेशनका अवसरमा विभिन्न विधामा कलम चलाउने ६ जना पत्रकारहरुलाई सम्मान गरिएको थियो । यसका साथै अधिवेशनले निवर्तमान कार्यसमितिको तर्फबाट अध्यक्ष प्रदिप कोईराला र कोषाध्यक्ष जोगराज पाठकले प्रस्तुत गरेको सांगठनिक र आर्थिक प्रतिवेदन छलफल पछि पारित गरेको थियो ।

अधिवेशनबाट अध्यक्षमा पत्रकार तोलाकान्त बगाले सर्वसम्मत निर्वाचित भएको घोषणा गरिएको थियो । स्थानीय पत्रकार राधाकृष्ण डुम्रे, अमृत अर्याल र समावेशी उपाध्यक्ष रहेर काम गरेकी साधना न्यौपानेले समेत अध्यक्ष बन्ने चाहाना राखेको भएपनि डुम्रे प्रेस युनियनको गण्डकी प्रदेश समितिको लेखा संयोजक भएका कारण उनको उमेदवारी बिधानत रोकिएको थियो ।

यसै गरि अर्यालले पनि सर्वसम्मतीमा अध्यक्ष बन्न चाहेकोले उमेदवारी दर्ता गराएनन् । न्योपानेले उमेदवारी दर्ता गराएपनि अन्तिम अवस्थामा उमेदवारी फिर्ता गरेपछि बगालेले सर्वसम्मत रुपमा अध्यक्ष बन्ने अवसर पाएका हुन्।

बगालेको नेतृत्वमा गठित १५ सदस्यीय नयाँ कार्य समिति को उपाध्यक्षमा साधना न्यौपाने र गोपिकृष्ण रेग्मी रहेका छन भने सचिवमा शंकर सुवेदी र कोषाध्यक्षमा हिमाल न्यौपाने चयन हुनुभएको छ भने सहसचिवमा कल्याणी खांण र सदस्यहरुमा राजनप्रसाद पौडेल, भुवन भण्डारी, सुजन पोखरेल, रामचन्द्र उपाध्याय, युवराज सुवेदी, वबिन पाठक, युवराज पौडेल, तीलक गुरुङ, निशा भट्टराई, दिपक विक, भेषराज रेग्मी पनि निर्विरोध निर्वाचित भएका छन ।

२०६४ सालदेखि रेडियो आँधीखोलाबाट पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका बगालेले कार्यक्रम सञ्चालक, प्राविधिक, समाचार वाचक, सम्पादक, प्रमुख हुँदै स्टेशन म्यानेजरको रुपमा कार्य गरिरहेको छन । यस अघि प्रेस युनियन स्याङजाको सचिव पद तथा उपाध्यक्ष पदमा अनुभव संगालेका बगाले छ नेपाल पत्रकार महासंघ स्याङ्जाको सहसचिव समेत हुन । बगालेले राष्ट्रिय समाचार समिति (रासस), आर्थिक अभियान राष्ट्रिय दैनिक, आदर्श समाज राष्ट्रिय दैनिक लगायत सामुदायिक सूचना नेटवर्क (सिआईएन), नेपाली रेडियो नेटवर्क लगायतका विभिन्न सञ्चार माध्यमहरुमा काम गरेको अनुभव छ ।

अधिवेशनका अवसरमा ६ जना पत्रकारहरु नगद सहित विभिन्न पुरस्कारले सम्मानित भएका छन । युनियनले प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल र स्याङ्जा पत्रकार समाजका अध्यक्ष ईन्द्र रिजाललाई उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ । यस्तै प्रेस युनियन स्याङ्जाका निवर्तमान अध्यक्ष श्रीकृष्ण सिग्देललाई प्रेस युनियन पत्रकारिता पुरस्कारबाट, खुमा अर्याल फाउण्डेसनद्धारा स्थापित कृषि पत्रकारिता पुरस्कारबाट हिमाल न्यौपाने, रुद्र जमुना शैक्षिक प्रतिष्ठानद्धारा स्थापित आर्थिक पुरस्कारबाट साधना न्यौपाने र प्रतिनिधि सभा सदस्य राजु थापाद्धारा स्थापित जोखिम पत्रकारिता पुरस्कारबाट रामु भट्टराईलाई पुरस्कृत गरिएको थियो ।

नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष प्रदिप कोईरालाको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन समारोहमा पुरष्कृत पत्रकारहरुलाई नगद रुपये पाँच हज़ार,सम्मानपत्र र दोशल्ला ओढाईएको थियो ।

सम्मानित पत्रकारलाई प्रमुख अतिथि कांग्रेस नेता समेत रहेका जिल्ला समन्वय समिति स्यांजाका प्रमुख श्रीप्रसाद जिटी, बिशिष्ट अतिथि नेपाल प्रेस युनियनका पुर्व केन्द्रीय उपाध्यक्ष एवं अधिवेशन सम्पन्न गर्न खटिएका केन्द्रीय प्रतिनिधि गंगाधर पराजुली, स्यांजा कांग्रेसका कार्यबाहक सभापति केदार काफ्ले, पुतली बजार नपाको उपप्रमुख देवी अर्याल लगायतले नगद, सम्मानपत्र, दोसल्ला र टिका अर्पण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटीले चौथो अङ्गकोरुपमा रहेको पत्रकारिताको गरिमालाई क़ायम राखेर अगाड़ी बढ्न पत्रकारहरुलाई आग्रह गरे ।कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष एवं न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूवं अध्यक्ष गंगाधर पराजुलीले नेपाल प्रेस युनियनको गौरवमय ईतिहास लाई जोगाउँदै लोकतन्त्रको सुदृढ़ीकरणका लागि पत्रकारहरुको कलम चल्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपसभापति समेत रहेका पराजुलीले मिडियाको सवलीकरण हुन सके, स्थानीय पत्रकारहरुको क्षमता बिकास गर्न सके र पत्रकारिता पेशाको गरिमा बढाउन सके मात्र पत्रकार र पत्रकारिताको भविष्य सुन्दर रहने अन्यथा पत्रकारिता, पत्रकार र मिडियामा चुनौती बढ्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस स्याङ्जाका कार्यवहाक सभापति केदार काफ्ले, प्रेस युनियन गण्डकी प्रदेश अध्यक्ष टंक अधिकारी, पुतलीबजार नगर उपप्रमुख देवी अर्याल, नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य ध्रुबप्रसाद शर्मा पंगेनी, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य प्रकाश डोटेल, नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, रेडियो आँधीखोलाका अध्यक्ष नेत्रप्रसाद पाण्डे, रेडियो स्याङ्जाका अध्यक्ष ध्रुबराज पौडेल, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष राजेन्द्रप्रसाद मरासिनी, अपाङ्ग समाज गण्डकी प्रदेशका उपाध्यक्ष युवराज पराजुली, नेपाल कपडा तथा सिलाई ब्यवसायी संघका अध्यक्ष रामचन्द्र परियार, पत्रकार महासंघका पुर्व अध्यक्ष ओमप्रकाश शर्मा, युनियनका उपाध्यक्ष शाधना न्यौपाने, युनियनको गण्डकी प्रदेशका उपाध्यक्ष माधव रेग्मी, महासचिव प्रकाश ढकाल लगायतले नयाँ अधिवेशनको सफलताको शुभकामना ब्यक्त गर्दै पत्रकारले समाजको एैना बनेर काम गर्न आग्रह गरे।

नेपाल पत्रकार महासंघ स्याङ्जाका पूर्व अध्यक्ष ओमप्रकाश शर्माको स्वागतसँगै शुरु भएको उद्घाटन समारोह प्रेस युनियन स्याङ्जाका अध्यक्ष प्रदीप कोईरालाको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन सहसचिव शान्ता थापाले र धन्यवाद ज्ञापन उपाध्यक्ष साधना न्यौपानेले गरेका थिए ।

२९ जेष्ठ २०८०, सोमबार १६:१४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा