Play

छात्र छात्र बृद्धिचालको उपाधी त्रिवेणी पब्लिकलाई, छात्र तर्फ ३८ जना र छात्रा तर्फ ३२ जना सहभागि

गुरुकुल खबर


पोखरा, २७ जेठ । एन प्याव्सन कास्कीले आयोजना गरेको प्रथम अन्तर विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगिताको छात्र छात्राको उपाधि त्रिवेणी पब्लिक स्कुलले हाता पारेको छ ।

एन प्याव्सन कास्कीमा आवद्ध विद्यालयका छात्र र छात्रा तर्फ भएको उक्त प्रतियोगितामा छात्र तर्फ त्रिवेणी पब्लिक स्कुलका प्रमोद रानाभाट प्रथम, पुष्प सदन एकेडेमीका अनमोल थापा द्धितीय, चिल्ड्रेन्स एकेडेमीका आदित्य गुरु· तृतीय र इमानुयल स्कुलका परुश तामा· सान्त्वना भएका थिए ।

त्यसैगरी छात्रा तर्फ त्रिवेणी पब्लिक स्कुलकी चाहाना राइ प्रथम, एलपी देवकोटा मेमरियल स्कुलकी मेनुका अधिकारी द्धितीय, रत्नज्योति माविकी श्यामसुधा पराजुली तृतीय सिद्धार्थ लवडेल वोर्डि· स्कुलकी दावा डोल्मा सान्त्वना भएका थिए ।

विजयी विद्यार्थी तथा विद्यालयलाई कार्यक्रमका प्रमुख अतिथि शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि शर्मा, शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्य, प्रमुखबाट निवृत्त भएका नारायण सुवेदी र एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले ट्रफी मेडल र प्रमाण पत्र वितरण गरेका थिए ।

त्यसैगरी उत्कृष्ट दश भित्र पर्ने विद्यालयका विद्यर्थीलाई पनि मेडल प्रदान गरिएको थियो । छात्रा तर्फ गोर्खा वोडि· स्कुल, अञ्जुली आवासिय विद्यालयल, सिद्धिविनायक वोडि· स्कुल, ज्ञानज्योति विद्याकुञ्ज मावि, डायमण्ड मोडेल स्कुल, कास्की मोडनाइज्ड एकेडेमी रहेका छन् भने छात्र तर्फ मर्नि·ग्लोरी एकेडेमी स्कुल, लिटिल फ्लावर एजु्केशन एकेडेमी, सिद्धिविनायक वोर्डि· स्कुल, अक्सफोर्ड स्कुल, कान्तिपुर एकेडेमी, साइनि· स्टार वोडि· स्कुल रहेका छन् ।

प्रतियोगितामा छात्र तर्फ ३८ जना र छात्रा तर्फ ३२ जना सहभागिता रहेको कार्यक्रम संयोजक राजु कायस्थले जानकारी दिए ।

प्रतियोगिताको निर्णायकमा नेशनल चिफ अरविटर मनेश्वर अधिकारी, नेशनल अरिवटर शुक्र कुमार प्रधान, नेशनल अरविटर सागर साइ र अरविटर युवराज भण्डारी रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि शर्माले बुद्धिचाल प्रतियोगिताले विद्यार्थीको सोच्न सक्ने क्षमताको विकास गर्ने बताए । उनले प्रतियोगिताले विद्यार्थीको बौद्धिकता निखार गर्दै अन्तराष्ट्रिय स्तरमा मेडल प्राप्त गर्न सकिने विश्वास व्यक्त गरे ।

उक्त अवसरमा शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यलाई स्वागत र इकाइबाट निवृत्त भएका पूर्व प्रमुख नारायण सुवेदीलाई विदाई गरिएको थियो ।

त्यस अवसरमा बोल्दै प्रमुख आचार्यले कास्की निजि विद्यालयहरु सँग समन्वय गरेर अगाडि बढ्ने बताए ।

निवृत्त प्रमुख सुवेदीले आफु लामो समय कास्की जिल्लामा रहेर काम गरेको बताउँदै आगामि दिनमा पनि यस क्षेत्रको शैक्षिक गुणस्तर बृद्धि गर्नका लागि आफु सधै सहयोगी बन्ने बताए ।

एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मनकाजी गुरुङले गरेका थिए ।

२८ जेष्ठ २०८०, आईतवार १२:०६ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा