Play

गरिबले पनि अस्पतालमा गएर उपचार गर्ने अवस्था सिर्जना गर्ने स्वास्थ्य मन्त्री बस्नेतको प्रतिबद्धता

गुरुकुल खबर


सिन्धुपाल्चोक, ३० वैशाख (रासस) : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अब कसैले पनि स्वास्थ्योपचार नपाई मृत्युवरण गर्न नपर्ने बताउनुभएको छ । हेलम्बु–३ स्थित पाल्चोक खानेपानी आयोजनाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गरिबले अस्पतालमा गएर उपचार गर्न सक्ने अवस्था सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

साथै गरिबका छोराछोरीले निःशुल्क पढ्न पाउनुपर्छ भनेर अभियान चलाउने र जिल्लाको बाह्रबिसे नगरपालिकाबाट सुरु भइसकेको पनि उहाँले जानकारी दिनुभयो । मन्त्री बस्नेतले पाल्चोक मन्दिरलाई व्यवस्थित र आकर्षित बनाउने र पाल्चोकलाई पर्यटकीय गन्तव्य बनाउने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका सांसद कृष्णकुमार तामाङ समिरले आफ्नो कार्यकालमा सडक र खानेपानीमा धेरै काम बताउनुभयो । उहाँले आफूले सांसद भएदेखि नै प्रदेश सरकारसमक्ष यहाँका समग्र समस्या अवगत गराउँदै आएको दाबी गर्नुभयो ।

पाल्चोक खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममम सांसद तामाङले पाल्चोक मन्दिरलाई अझै प्रचार–प्रसारको आवश्यकता रहेको बताउँदै उहाँले सडक स्तरोन्नति गर्न प्रदेशलाई सिफारिस गरेको र अबको आर्थिक वर्षमा योजनापर्ने बताउनुभयो ।

हेलम्बु ग्रेट ट्रेललाई प्रदेशको गौरवको योजना बनाउन प्रदेश सरकारको २०८०/८१ को नीति तथा योजनामा सिफारिस गरिएको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका पुराना नेता कान्छा लामा, बागमती प्रदेशका पूर्व स्वास्थ्यमन्त्री निमा लामासहितले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

३० बैशाख २०८०, शनिबार २१:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा