Play

अबको सांसद को ? निर्वाचन आयोगको आधिकारिकता विन्दाबासिनीलाई रअदालतको आदेश ढाकाकुमारलाई

गुरुकुल खबर


निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की विन्दाबासिनी कंसाकारलाई सोमबार प्रतिनिधिसभा सदस्यको प्रमाणपत्र दिएको छ ।

रास्वपाको कारबाहीमा ढाकाकुमार श्रेष्ठको सांसद पद गुमेपछि समानुपातिक निर्वाचन प्रणालीको उम्मेदवारको सूचीमा रहेकी कंसाकारलाई आयोगले प्रतिनिधिसभा सदस्यको प्रमाणपत्र दिएको हो । पार्टीको सिफारिसमा आयोगले उनलाई सदस्यको प्रमाणपत्र दिएको हो ।

यता सोमबार नै सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्य श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले श्रेष्ठलाई रास्वपाले कारबाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, ‘प्रतिनिधिसभा सदस्य पदमा विपक्षी मध्येका विन्दबासिनी कंसाकारलाई स्थापित गर्ने गरी राष्ट्रिय स्वतन्त्र पार्टीले २०७९ साल चैत २९ गते गरेको निर्णय र सो सम्बन्धी पत्राचार एवम काम कारबाही थप कार्यान्वयन नगरी हाल जे जस्तो अवस्थामा छ, सोही अवस्थामा राख्नु ।’

अदाललते उक्त मुद्दामा छलफलका लागि श्रेष्ठ र रास्वपा दुवै पक्षलाई जेठ ५ मा बोलाएको छ । स्वास्थ्यमन्त्री बन्न मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग रकम माग गरेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि उनको सांसद पद खारेज भएको थियो ।

पार्टीले आफूमाथि गरेको कारबाहीविरुद्ध श्रेष्ठले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । उक्त निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि अदाललते उक्त आदेश दिएको हो । अदालतले रास्वपा र अनुशासन समितिसँग श्रेष्ठमाथि कारबाही गर्नुको लिखित कारण माग गरेको छ ।

२५ बैशाख २०८०, सोमबार २०:०६ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा