Play

सुपर मादी हाइड्रोपावरको विद्युत शनिबारदेखि राष्ट्रिय प्रसारण लाइनमा

गुरुकुल खबर


पोखरा ।  कास्कीको मादी गाउँपालिकामा निर्माण भएको सुपर मादी हाइड्रोपावरको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।सुपर मादी जलविद्युत (हाइड्रोपावर) बाट उत्पादित १५ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा शनिवारबाट नियमीत जडान भएको हो ।

आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको लेखनाथ सबस्टेसनमा जोडिएको छ । विद्युतगृहदेखि माथिल्लो मादीको पावरहाउस सम्म करिब ९ किलोमिटर प्रसारण लाइन रहेको छ ।

वर्षा याममा ४४ मेगावाट क्षेमताको सुपरमादीले पिपिए अनुसार चैतमा १३ मेगावाट क्षेमता भएपनि १५ मेगावाट उत्पादन गरेको सुपर मादी हाइड्रोपावर कम्पनीका अध्यक्ष पुष्पज्योती ढुङ्गानाले बताए । उनले बिहीबारबाट परीक्षण उत्पादन गरेर पनि शनिबार देखी नियमी उत्पादन शुरु भएको बताए ।

७ अर्ब ६५ करोड लागत अनुमान गरिएको आयोजनामा १ अर्व भन्दा बढि लागत बढेको उनले बताए ।

मादी किनारको कलबन्दीबाट सुरु हुने सुपर मादीको ६ किलोमिटर सुरुङ मार्ग छ भने कमजोर भोगोलीक अवस्थाका कारण करिब ८ सय मिट पेनस्टक पाइप सुरुङ्ग भित्र जडान गरेको उनले बताए ।

मादीको सोंदामा पावर हाउस रहेको सो हाइड्रोपावरको काम २०७५ साल मंसिरबाट काम थालेको थियो ।

सानिमा बैंकको अगुवाईमा कुमारी बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य, एनआइडिसिएल र प्रभु बैंक लगाएतले लगानी रहेको छ । लगानीकर्ताले २ अर्व १० करोड लगानी गरेका छन् ।

आयोजनाबाट वार्षिक २४२.६५ गिगावाट घन्टा बिजुली उत्पादन हुनेछ । उत्पादित विद्युत विद्युतगृहदेखि ९ किलोमिटर दूरीमा रहेको माथिल्लो मादी विद्युतगृह नजिकैको सबस्टेसनमा जोडेको छ । सबस्टेसनसम्मको आवश्यक ३३ केभी प्रसारण लाइन कम्पनी आफैले बनाएको हो ।

 

१३ चैत्र २०७९, सोमबार ०८:४० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा