Play

कलाकार दुर्गा बरालको रथारोहण सहित नगारिक अभिन्दन

गुरुकुल खबर


पोखरा । पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा कलाकार दुर्गा बराल ‘वात्स्यायन’ को पोखरामा शनिबार रथारोहण सहित नागरिक अभिनन्दन गरेका छन् ।

पोयुसपको दर्जन बढि संस्थाहरुले कलाकार वात्स्यायनको सम्मानमा रथारोहण सहित नागरिक अभिनन्दन गरे ।

वात्स्यायन निवास नदीपुरदेखि सुरु भएको रथयात्रा कन्या क्याम्पस, बालमन्दिर, पृथ्वीनारायण क्याम्पस, ट्याक्सीचोक, बागबजार हुँदै विन्ध्यवासिनी परिसरको सभाकक्षमा पुगेको थियो ।

८० वर्ष पूरा गरी ८१ वर्ष प्रवेश गर्ने गर्ने दिन पारेर बरालको अभिनन्दन गरेको हो ।

अभिन्दन कार्यक्रममा संस्कृतिकर्मी तीर्थ श्रेष्ठले कलाकार बरालको जीवनीबारे चर्चा गर्दै अभिनन्दित व्यक्तित्व बरालले वात्स्यायनका नाममार्फत व्यङ्ग्यचित्र माध्यमबाट नेपालीको समाज र राजनीतिका विकृति, विसंगति केलाउँदै व्यङ्ग्यचित्रकारितामा शिखरका रुपमा आफूलाई उभ्याएको बताए ।

१९९९ चैत ५ मा आर्बा (हाल पोखरा १३) मा जन्मिएका बराल ८० वर्ष पूरा भएका छन् ।

नेपाली कला क्षेत्रमा लामो समय योगदान पुर्याएका बरालले दर्जनौं पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन् ।

सम्मान समारोहमा कला र उनका बारेमा सरु भक्त, इश्वरमणि अधिकारी लगाएतका साहित्यकारहरुले कविता मार्फत सम्झेका थिए ।

बरालले नेपाली चित्रकारितामा दिएको योगदानको कदरस्वरुप रथारोहण सहित सम्मान गरेको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले बताए ।

२० वर्षको उमेरमा नयाँ सन्देश साप्ताहिकमार्फत कार्टुन करिअर सुरु गरेका उनले नेपाली कला क्षेत्रमा ५ दशक बिताइसकेका छन् ।

४ चैत्र २०७९, शनिबार १८:४५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा