Play

आयोजक पोखरा महानगर नै ह्विलचेयर बाँस्केटबलको विजेता

गुरुकुल खबर


पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिले शुक्रबार पोखरा रंगशालाको बास्केटबल कोर्टमा आयोजना गरेको ह्विलचेयर बास्केटबल प्रतियोगितामा आयोजक नै विजेता बन्न सफल भएको छ ।
आयोजक पोखरा महानगरपालिकाको टिम प्रथम पुरुष तथा महिला ह्विलचेयर बास्केटबल प्रतियोगिताको विजेता बन्न सफल भएको हो ।

हरियोखर्क अस्पतालको टिम द्वितीय र महिला–पुरुष सहभागी मिक्स टिम तृतीय भए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २५ हजार, १५ हजार र सात हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए । प्रतियोगितामा चार टिम सहभागी थिए । अपाङ्गता खेलकुद समाज, कास्कीको टिमले सान्त्वना पुरस्कार स्वरुप ३ हजार ५ सय रुपैयाँ र प्रमाणपत्र पाएको छ ।

पोखरा महानगरपालिकाको टिमका भरत बानियाँले सर्वाधिक ८ स्कोर गर्दै सर्वाधिक स्कोररको ट्रफी र प्रमाणपत्र पाए । हरियोखर्क अस्पतालका सुरेश गौली म्यान अफ द म्याच घोषित भए । उनले पनि ट्रफी र प्रमाणपत्र पाए ।

कार्यक्रममा बोल्दै प्रदेश खेलकुद परिषद् उपाध्यक्ष ध्वजकुमार गुरुङले महानगरपालिकाले खेलकुद विकास र खेलाडी उत्पादन गर्न निरन्तर प्रतियोगिता गरिरहेको भन्दै प्रशंसा गरे । उनले अपाङ्गता भएकाहरुलाई प्रोत्साहन गर्न आयोजित प्रतियोगिताले सकारात्मक सन्देश प्रवाह गरेको बताए ।

खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले ह्विलचेयर बास्केटबल प्रतियोगिताले अपांगता भएकाले पनि खेल्न सक्छन् भनेर राम्रो सन्देश दिएको बताउँदै अब यसलाई निरन्तरता दिने उनले प्रतिबद्धता जनाए ।

२१ माघ २०७९, शनिबार २१:५० मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा