Play

कांग्रेस महाधिवेशन प्रतिनिधि अमृतको अन्त्येष्टि, श्रद्दान्जली दिन सैयौ नेता कार्यकर्ता पार्टी कार्यालयमा

गुरुकुल खबर


पोखरा, पोखरा महानगर पालिका वडा नं. १, शितलवस्ती, वगर निवासी नेपाली काँग्रेसका महासमिति सदस्य एवम् नेपाल किसान संघका केन्द्रिय सदस्य अमृत कुमार श्रेष्ठको यही माघ १७ गते बेलुका ६.बजे ४७ वर्षको उमेरमा असामयिक निधन भएको समाचारले नेपाली काँग्रेस कास्की स्तब्ध भएको जनाएको छ ।

शितल वहादुर श्रेष्ठ र मनकुमारी श्रेष्ठका कान्छा छोरा अमृतको जन्म माछापुच्छ्रे गाउँ पालिका वडा नं. १ मा भएको हो । उनकी १ श्रीमति, १ छोरा र १ छोरी छन ।

वि.सं.२०४६ सालमा नेपाल विद्यार्थी संघ को सदस्यता लिएर ने.वि.संघ पृथ्वीनारायण क्याम्पस इकाई समितिको सदस्य, ने.वि.संघ जिल्ला कार्यसमितिको सदस्य रही विद्यार्थी हक, हितका लाएँ निरन्तर क्रियाशील अमृत नेपालको प्रजातान्त्रिक आन्दोलनमा सदैव अग्रपंक्तिमा रहदै आएको र सिद्धान्तप्रति निष्ठावान कर्मशील, सरल र प्रष्टवादी रहेको नेपाली कांग्रेस कास्कीले जारी गरेको शोक विज्ञप्तिमा उल्लेख छ।

माघ १८ गते बुधवार नेपाली काँग्रेस कास्कीको पार्टी कार्यालय परिसरमा उनको पार्थिव शरिरमा नेपाली काँग्रेस, कास्कीका सभापति किशोरदत्त वराल, नेपाल किसान संघका केन्द्रिय सभापति गणेशचन्द्र तिमिल्सीना र नेपाल किसान संघ कास्कीका सभापति भेषराज पराजुली समेतले पार्टीको चारतारे झण्डा र नेपाल किसान संघको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

श्रेष्ठ प्रति अन्तिम श्रद्धांजलि अर्पण गर्न ठुलो संख्यामा कांग्रेस नेता कार्यकर्ताहरु, भातृ एवम् शुभेच्छुक संस्थाका सैयौं जना पुगेका थिए । उनको निधन प्रति दुख व्यक्त गर्दै माघ १९ गते विहिवार १ दिन कास्की कांग्रेसको कार्यालय वन्द गरिने, पार्टीको झण्डा ३ दिन झुकाईने र १३ दिनसम्म पार्टी कार्यालयमा शोक पुस्तिका राखिने कास्की कांग्रेसका सचिव भानु ढकालले जानकारी दिएका छन ।

कास्की कांग्रेसको कार्यालयमा पार्टीका सभापति किशोरदत्त बरालले अमृतको निधनले एक उर्जावान युवा गुमाउनुपरेको र उनको अधिकांश समय पार्टी र साथीभाई संग बित्ने गरेको बताए ।

त्यस अवसरमा उपसभापति युवराज कुवरले अमृत श्रेष्ठको बारेमा जानकारी गराएका थिए ।

स्व अमृतको शव बिहान पश्चिमान्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर पोष्टमार्टम गरिएको थियो । त्यसपछि कास्की कांग्रेसको कार्यालयमा अन्तिम श्रद्धांजलि गर्न राखिएपछि त्यहांबाट नदिपुर चर्चमा लगेर राखिएको थियो ।

चर्चमा आयोजित कार्यक्रममा पनि नेपाल किसान संघका केन्द्रीय सभापति गणेश चन्द्र तिमिल्सिना , कास्की कांग्रेसका सभापति किशोरदत्त बराल र चर्चका अन्य व्यक्तिहरुले स्व अमृतको व्यक्तित्व र कृतित्व सहित उनको योगदान बारेमा चर्चा गरेका थिए ।

उनको अन्त्येष्टि पोखराको गाईघाट नजिक क्रिश्चियन परम्परा अनुसार गरिएको अमृतका साथी लोकेन्द्र कोईरालाले जानकारी दिए।

१८ माघ २०७९, बुधबार १७:४३ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा