Play

नेपाल चलचित्र कलाकार संघको नेतृत्वका लागि सामाजिक सञ्जालमार्फत अध्यक्षको उम्मेदवारी घोषणा

गुरुकुल खबर


काठमाडौं । नेपाली चलचित्रका कलाकारको मूल संस्था नेपाल चलचित्र कलाकार संघको नयाँ नेतृत्व चयन आगामी ४ चैतमा गरिने भएको छ । चुनावको मिति घोषणासँगै संघको अध्यक्षको महŒवकांक्षी पनि त्यत्तिकै बढेका छन् ।

यसै क्रममा संघका दुई अध्यक्षसहित बाँकी दुई सदस्यले नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । उनीहरूले सामाजिक सञ्जालमार्फत अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन् ।

संघका हालका उपाध्यक्ष तथा संस्थापक मोहन निरौलाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्षका लागि भोटसमेत माग्न थालेका निरौलाले राजधानीसँग भने, ‘संघको स्थापना कालदेखि अहिलेसम्म विभिन्न पदमा रहेर म सक्रिय छु । कलाकारको हकहितका लागि थप काम गर्न यसपटक अध्यक्षमा उम्मेदवारी घोषणा गरेको छु ।’

तीन वर्षको कार्यकाललाई थप नौ महिना बढाएको कलाकार संघको अहिलेको नेतृत्वले उपयुक्त काम गर्न नसकेको टिप्पणी संघकै सदस्यको छ । यसअघि कोरोनाका कारण आपूmहरूले काम गर्न नसकेको र अब भने संघमा रहेर काम गर्ने पनि अध्यक्षका उम्मेदवार निरौलाले बताएका छन् । आपूm स्वतन्त्र कलाकार भएकाले राजनीतिक पार्टीबाट नभएर स्वतन्त्ररूपमा उम्मेदवार बनेको पनि निरौलाले बताएका छन् ।

यस्तै, संघमा हाल वरिष्ट उपाध्यक्ष रहेकी अभिनेत्री रेजिना उप्रेतीले पनि संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी छन् । अध्यक्षको उम्मेदवारी घोषणा गर्दै अभिनेत्रीले भनिन्, ‘म अघिल्लोपटक नै अध्यक्षमा उठ्ने तयारीमा थिएँ । दुईपटक संघमा उपाध्यक्ष रहेका कारण साथीहरूले अब अध्यक्षमा जानुपर्छ भनेपछि मैले आफ्नो उम्मेदवारी दिएकी हुँ ।’

संघका बाँकी दुई सदस्य सुशान्तकुमार श्रेष्ठ र सविन श्रेष्ठले पनि अध्यक्षका रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । आपूmले कलाकार संघसहित विभिन्न संघ संस्थामा रहेर काम गरेको र नेपाली चलचित्र उद्योगमा कलाकारका रूपमा लामो समयदेखि काम गर्दै आएका कारण अध्यक्षको उम्मेदवार बनेको कलाकार सुशान्तकुमार श्रेष्ठले बताएका छन् ।

यस्तै, अर्का अभिनेता सविन श्रेष्ठ पनि अहिलेको पदाधिकारीको कामबाट सन्तुष्ट छैनन् । आपूm संघमा पुगेर काम गन अध्यक्षको उम्मेदवार बनेको उनले राजधानीलाई बताएका छन् । यसअघि संघको विभिन्न पदमा पटक पटक रहेर काम गरेका कारण आपूmमा अनुभव रहेको पनि अभिनेता श्रेष्ठले बताएका छन् ।

हालका अध्यक्ष रविन्द्र खड्काले पनि संघको अध्यक्षमा उम्मेदवार दिने चर्चा छ । तर, अहिले उनले उम्मेदवारी घोषणा गरेका छैनन् । चुनाव आउन अझै दुई महिना बाँकी रहेकाले कलाकारसँग सल्लाह गरेर अब आपूm कसरी अघि बढ्ने भन्ने निर्णय केही समयपछि गर्ने उनको कथन छ । कोरोनाका कारण आफ्नो कार्यकालमा भनेको जस्तो उल्लेख्य काम हुन नसके पनि संघको भवन निर्माणलगायत केही महत्वपूर्ण काम भएको रविन्द्रको दाबी छ ।

यसरी नेपाल चलचित्र कलाकार संघको पदाधिकारी चयनको चुनाव दुई महिना बाँकी भए पनि अध्यक्षका लागि चार जनाले उम्मेदवार घोषणा गरिसकेका छन् । अध्यक्षमा अझै नाम थपिने सम्भावना रहेको छ ।

२७ पुष २०७९, बुधबार २०:३१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा