Play

अमेरिकाको भुटनिज युथ स्पोर्ट्स क्लब पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा

गुरुकुल खबर


पोखरा,  अमेरिकाको भुटनिज युथ स्पोर्ट्स क्लब (बिवाइएससी) मिनेसोटा पोखरामा जारी ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्डकप’ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड फुटबल क्लब काठमाडौँलाई १–० गोलले हराउँदै बिवाइएससीले फाइनलमा सङ्कटा क्लबसँगको भेट पक्का गरेको हो । सङ्कटा क्लब बुधबार सशस्त्र प्रहरीको एपिएफ क्लबलाई पराजित गर्दै फाइनल पुगिसकेको छ ।

पहिलो हाफको अतिरिक्त समयमा बिवाइएससीका रोजिन प्रजापतिले गरेको एकमात्र गोल टोलीलाई फाइनलमा पु¥याउन पर्याप्त रह्यो । प्रवीन बस्नेतको क्रस पासलाई सदुपयोग गरी रोजिनले हेडरमार्फत गोल गरे ।

 

खेलको ८४औँ मिनेटमा आशिष चौधरीले दोहोरो पहेँलो कार्ड (रातो कार्ड) खाँदै मैदान छाडेपछि चर्च ब्वाइज दश खेलाडीमा सीमित भएको थियो । खेलको निर्धारित समयमा दुवै टोलीले गोलका केही सुन्दर मौका खेर फालेका थिए । खेलका निर्णायक गोलकर्ता प्रजापति ‘म्यान अफ दी म्याच’ घोषित हुनुभयो । प्रतियोगिताको फाइनल खेल शनिबार हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले रु १२ लाख र उपविजेताले रु छ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने आयोजक सहाराका महासचिव रामजीप्रसाद अधिकारीले बताए ।

यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान इलेक्ट्रिक स्कुटर तथा उत्कृष्ट, डिफेण्ड, गोलकिपर, फरवार्ड, मिडफिल्ड,  प्रशिक्षक र सर्वाधिक गोलकर्ताले जनही रु २५ हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

२१ पुष २०७९, बिहीबार २१:३४ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा