Play

मनाङ्गलाई हराउँदै भुटनीज युथ आहा ! रारा गोल्डकपको सेमिफाइलनमा

गुरुकुल खबर


पोखरा। अमेरिकाको भुटनीज युथ सकर क्लब २२ औं संस्करणको आहा १ रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार पोखरास्थित पोखरा रंगशालामा सम्पन्न अन्तिम तथा चौंथो क्जार्टरफाइनल खेलमा मनाङ्ग मर्स्याङ्गदी क्लबलाई १-० गोलले पराजित गर्दै भुटनीज युथ सकर सेमिफाइनलमा प्रवेश गरेको हो ।

भुटजीन क्लबले प्रतियोगिताको पहिलो खेल जित्दै सेमिफाइनलमा प्रवेश गर्दा ६ पटकको च्याम्पियन मनाङ्ग भने हारसँगै प्रतियोगिताबाट बाहिरीएको छ ।

भुटनीज युथको जितका लागि प्रविन बस्नेतले एक मात्र निर्णायक गोल गरेका हुन् । प्रविनले खेलको पहिलो हाफको १८ औं मिनटमा गरेको गोल नै भुटनीज युथको जितको लागि निर्णायक गोल बन्यो ।

यससँगै आहा रारा गोल्डकपमा सेमिफाइनल समिकरण समेत पुरा भएको छ । सेमिफाइनल चरणको खेलहरुको बुधबारबाट शुरु हुनेछ ।

बुधबार हुने पहिलो सेमिफाइनल खेलमा संकटा क्लब र एपीएफ क्लबबिच प्रतिस्पर्धा हुँदैछ ।

बिहीबार हुने दोश्रो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड र अमेरिकाको भुटनीज युथ सकर क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

सहारा क्लबको आयोजनामा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् ।

यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छन्।

१९ पुष २०७९, मंगलवार २१:०७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा