Play

१७ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन ६ गते हुने

गुरुकुल खबर


पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा पोखरामा हुदै आईरहेको पोखरा अन्तर्राष्ट्रिय म्याराथन फागुन ६ गते हुने भएको छ । १७ औं संस्करण यस म्याराथनमा एकैदिन ८ इभेन्टमा प्रतिस्पर्धा हुँदैछ ।

खुला म्याराथन ४२.१९५ किलोमिटर, महिला हाफ म्याराथन २१.०९७ किलोमिटर, महिला पुरुष दौड १० किलोमिटर, विद्यालयस्तरीय छात्रछात्रा ५ किलोमिटर दौड, महिला पुरुष ह्विलचियर र दृष्टिविहिन दौडसँगै रन फर फन हुने नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए ।

खुला म्यारथनको विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । यो गत संस्करणको भन्दा १ लाख रुपैयाँ पुरस्कार राशीमा वृद्धि गरिएको हो । यस्तै दोस्रो हुनेले ३ लाख, तेस्रोले २ लाख र सान्त्वनाले ३० हजार रुपैयाँ पाउनेछन् । यसपालि खुला म्याराथनमा सहभागी भएका गण्डकीका धावकलाई पनि पुरस्कारको व्यवस्था मिलाएको पराजुलीले बताए । गण्डकीका धावकलाई हौसला प्रदान गर्नलाई पुरस्कार दिन लागेको उनले जनाए ।

गण्डकीबाट सहभागी धावकमध्ये पहिलो,दोस्रो र तेस्रो हुनेले क्रमशः ५०, ३० र २० हजार रुपैयाँ पाउनेछन् ।

महिला हाफ म्याराथनमा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुने क्रमशः धावकले १ लाख ५० हजार, १ लाख, ७५ हजार र १५ हजार रुपैयाँ जित्नेछन् । म्याराथनमा पुरस्कार राशीमा मात्रै १७ लाख ५२ हजार रुपैयाँ खर्च हुनेछ । ९३ लाख रुपैयाँ कुल खर्च हुने आयोजकले जानकारी दिएको छ ।

सिटि म्याराथनको संस्कार अनुसार सबै इभेन्ट एकैदिन गर्न लागिएको मञ्चका निर्वतमान अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए ।

पोखरा महानगरपालिकाको १७ वटा वडामा म्याराथनको रुट पर्ने प्रतियोगितामा यो पटकदेखि प्रविधिको प्रयोग समेत गरिने भएको छ । आयोजकले खुला र हाफ महिला म्याराथनमा सहभागी धावकलाई चिप्स जडान गर्ने तयारी गरेको भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष पराजुलीले जानकारी दिए ।

यो वर्ष देखि पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था ‘एसोसियसन अफ इन्टरनेशनल म्याराथन्स एण्ड डिस्टेन्स रेसेस’ एम्समा दर्ता भइसकेको छ भने पोखरा म्याराथनको रुट समेत एम्सवाट प्रमाणिकरण भइसकेको छ ।

नेपाल भूतपर्व खेलाडी मञ्चको गठन वि.सं. २०५८ सालमा भएको हो।  पोखरा अन्तर्राष्ट्रिय म्याराथन नेपालको जेठो म्याराथन मानिन्छ ।

१९ पुष २०७९, मंगलवार २०:५२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा