Play

लायन्स क्लब अफ पोखरा ग्रीन वेभको कार्यक्रममा ५३ युनिट रगत संकलन

गुरुकुल खबर


पोखरा । लायन्स क्लब अफ पोखरा ग्रीन वेभले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत शुक्रबार आयोजित खुला रक्तदान कार्यक्रममा ५३ युनिट रगत संकलन भएको छ ।

डिस्ट्रीक गभर्नर लायन महेन्द्र कार्यक्रमको उदघाटन गर्दै कसैले गर्ने रक्तदानले विरामी भई बसेकाहरुले नयाँ जीवन प्राप्त गर्ने बताए ।
क्लवका अध्यक्ष लायन लक्ष्मी लामाले कसैको जीवन बचाउनकालागि गरिने रक्तदान नै सबैभन्दा ठूलो धर्म हुने बताईन् । उनले भनिन् – हामीले शरीरमा भएको रगत दान नगरेपनि तीन महिनामा त्यो रगत त्यतिकै खेर जान्छ । त्यसैले रक्तदान गरौं र अरुको अमूल्य जीवन बचाऔं, रक्तदान गरेजस्तो पुण्यको काम अरु केही हुँदैन ।

कार्यक्रममा प्रथम भाइस डिस्ट्रीक गभर्नर भिमलाल पौडेल ,द्वितीय भाइस डिस्ट्रीक गभर्नर चण्डी प्रसाद अर्याल , ब्लड डोनेसन चिफ मोहन सुवेदी चार्टर प्रेसिडेन्ट लायन कृष्ण कुमारी श्रेष्ठ, जिएमटी कोअर्डिनेटर तथा जोन चियर्प्रसन गोमा कार्की बास्कोटा लगायतले आफ्नो भनाई राखेका थिए ।

क्लबका सचिव लायन सरस्वती पुरीले सन्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक रामचन्द्र सुनारले गरेका थिए ।

स्वस्थ शरीर, मानसिक सन्तुलन ठीक, कम्तीमा १८ वर्ष पूरा भई ६० वर्ष ननाघेको र कम्तीमा ४५ केजी तौल भएको, मलेरिया, क्षयरोग, जन्डिस, मधुमेय तथा एचआईभी एड्स नलागेको व्यक्ति रक्तदान गर्न सक्षम हुन्छन् । भने गर्भवती र महिनावारीको समयमा र सुत्केरी भएको छ महिनाभन्दा अगाडि रक्तदान गर्नु हुँदैन ।

१५ पुष २०७९, शुक्रबार २१:४७ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा