Play

गण्डकीमा कांग्रेस संसदीय दलको नेतामा पाण्डे निर्वाचित, प्रदेश सभापति शर्मा र केन्द्रीय उपसभापति गुरुडंको प्रयास निरर्थक

गुरुकुल खबर


पोखरा,  गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलको नेतामा गोरखाका सुरेन्द्र राज पाण्डे निर्वाचित भएका छन । नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत रहेका पाण्डेले यस अगाडी राष्ट्रिय सभामा प्रमुख विपक्षी दलको नेता समेत रहेर काम गरिसकेका छन ।

गण्डकी प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट प्रत्यक्ष निर्वाचित १८ जना र समानुपतिक बाट निर्वाचित ९ जना गरि २७ जना सांसद रहेकोमा संसदीय दलको नेता निर्वाचित पाण्डेलाई १८ मत प्राप्त भएको थियो भने भोज राज अर्याललाई ८ मत मात्र प्राप्त भएको थियो ।

संसदीय दलको नेतामा सर्वसम्मत बनाउने प्रयास समेत गरिएको भएपनि प्रयास सार्थक बन्न सकेन । केन्द्रमा राजनीतिक समिकरणमा परिवर्तन आएपछि केन्द्रीय सरकार सहित अधिकांश प्रदेश सरकारमा नेतृत्व गर्ने अवस्थामा रहेको कांग्रेस एकाएक सबैतिर प्रतिपक्षी पार्टीको रुपमा रहन पुगेको छ ।

केन्द्रको समिकरण नबिग्रेको भए करिब सर्वसम्मतको अवस्थामा रहेका पाण्डेले सोही कारण चुनाबको चुनौती फेस गर्नुपरेको कतिपय बताउंछन ।

कांग्रेस भित्रको आन्तरिक गुटको कुरा गर्दा गण्डकी प्रदेश केन्द्रीय सभापति शेर बहादुर देउवा समुह भन्दा बलियो मानिन्छ । गण्डकी प्रदेश संसदीय दलमा पनि देउवा समुहको विपक्षमा बहुमत भएको दावी समेत गरिंदै आएको थियो तर मतदानको नतिजाले देउवा समुहको विपक्षमा रहेकाहरुलाई निकै कमजोर साबित गरिदिएको छ।

देउवा समुहको निकट मानिने पाण्डेलाई हराउनको लागि कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा र उनका समर्थकहरु खुलेर लागेका थिए । शर्मा र केन्द्रीय उपसभापति धनराज गुरुडं समेतको प्रयासमा संसदीय दलको नेताको उमेदवार महेन्द्र ध्वज जीसीलाई बन्न नदिएर स्यांजाका भोजराज अर्याललाई बनाईएको थियो ।

कतिपयले अर्याल भन्दा जिसी बलियो हुन सक्ने बताएकोमा शुक्रराज सहित केही नेताले जिसी भन्दा अर्याललाई जिताउन सकिने भन्दै उमेदवार बनाएका थिए ।

सोही समुहमा रहेका मुस्तांगका कांग्रेस नेता रोमी गौचनले आफुले भनेको मान्ने ३ जना रहेको तर जिसीलाई उमेदवार बनाए आंफुले अर्को तिर मत राख्न लगाउने चेतावनी दिएपछि जिसीको सट्टा अर्याललाई त्यो समुहले उमेदवार बनाएको भन्ने चर्चा चलेको थियो ।

देउवा समुह तर्फ पनि पाण्डे संगै पोखराका बिन्दु कुमार थापा पनि त्यस पदका लागि आकांक्षी थिए तर समुहको आन्तरिक सल्लाह पछि पाण्डे नै उमेदवार बनेका थिए ।

पाण्डे र अर्याल बिचमा पनि सहमति क़ायम गराउन निरन्तर प्रयास भैरहेको थियो तर सहमती क़ायम नभएपछि बिहान ८ बजे गर्ने भनिएको उमेदवारी दर्ता गर्ने समय सारेर दिउंसो २ बजे पछिलाई पुर्याईएको थियो । दिउंसो ३ देखि ४ बजे मतदान गराए पछि केही मिनेटमा सार्वजनिक गरिएको परिणाम अनुसार अर्याललाई ८ मत मात्र प्राप्त भएको देखिएपछि अर्याललाई उमेदवार बन्न दवाव दिनेहरुले समेत सहयोग नगरेको भन्ने चर्चा चलेको थियो ।

अर्यालको पक्षमा स्वयं अर्याल सहित नवलपुरका महेन्द्र ध्वज जिसी, लम्जुडंका पार्वती तामाडं, टिका कुमारी बस्याल, कास्कीका प्रकाश बराल, बाग्लुगंका डिल्लीराज सुबेदी, स्यांजाकी कल्पना तिवारी समेत ८ जनाले मतदान गरेको बुझिएको छ ।अन्य १८ जनाले पाण्डेको पक्षमा ने मतदान गरेको थिए ।

संसदीय दलको निर्वाचनमा एक मत बंदर भएको पार्टीले गठन गरेको निर्वाचन समितिका संयोजक समेत रहेका नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री  विष्णु प्रसाद लामिछानेले बताए ।

संसदीय दलको निर्वाचनमा पाण्डे बिरुद्द लागेका शुक्रराज शर्मा भने अर्याल पराजित भएपछि निर्वाचन स्थलमा समेत देखिएनन । पार्टीको प्रदेश सभापति भएको नाताले उनले दलको नेतामा निर्वाचित पाण्डेलाई प्रत्यक्ष भेटेर बधाई दिनुपर्नेमा त्यसो गरेनन। चुनावमा पराजित अर्याललाई सहानुभूति दिन समेत शुक्रराज त्यहा नपुगे पछि दुवै उमेदवारका समर्थक सहित पार्टीका नेताहरु समेत आश्चर्यमा परेका थिए।

पार्टीको प्रदेश सभापति शुक्रराज मात्र नभएर प्रदेश राजधानी रहेको जिल्ला कास्कीका कांग्रेस सभापति किशोरदत्त बराल समेत निर्वाचन परिणाम सार्वजनिक भएपछि बधाई दिन समेत नआएपछि कतिपयले प्रश्न समेत गरेका थिए , किन देखिएनन प्रदेश र जिल्लाका सभापतिहरु ? भनेर ।

जिल्ला सभापति बराल भने काठमाडौ गएकोले आंफु उपस्थित हुन नसकेको जानकारी गराएको र प्रदेश सभापति शर्माले टेलिफोनबाट बधाई दिएको तर भेंट भने हुन नसकेको जानकारी संसदीय दलको नेतामा निर्वाचित पाण्डेले आफ्ना समर्थकहरुलाई गराएको बुझिएको छ ।

कांग्रेसका केन्द्रीय सदस्य पाण्डेको पक्षमा अर्का केन्द्रीय सदस्य ध्रुव वाग्ले, गुरु बराल , सरस्वती अर्याल तिवारी लगायतका नेताहरु सक्रियता पुर्वक लागेका थिए भने पहिले संसदीय दलको नेतामा उमेदवारी दिने चाहाना राखेको बिन्दु कुमार थापा पनि पाण्डेके पक्षमा खुलेर लागेका थिए ।

यसै बिच संसदीय दलको नेतामा निर्वाचित भएपछि नेता पाण्डेले आंफ्नो बिजय भनेको गुटको बिजय नभएको स्पष्ट पार्दै परम्परागत गुटको त्यस्तो प्रभाव नदेखिएको बताए । अब सम्भव भए प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार बनाउन र त्यसो हुन नसकेमा शसक्त प्रतिपक्षमा रहेर जनताका समस्या समाधान गर्न र प्रदेशको समग्र बिकासको लागि सुदृढ कांग्रेस बनाउने अभियानमा लाग्ने पाण्डेले बताए

भिडियो

संसदीय दलको नेतामा ८ मत मात्र प्राप्त गरेका अर्यालले भने केन्द्रशासित देउवाको कारण कांग्रेस सबैतिर सत्ताबाट बिमुख बन्नुपरेको कारण प्रदेश सांसदहरुले आंफुलाई सहयोग गर्लान भन्ने विश्वास गरेको बताए ।

भिडियो

१५ पुष २०७९, शुक्रबार १०:१२ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा